सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बागलुङमा कोरोना संक्रमितको शव व्यस्थापन,सेनाले दिए अन्तिम सलामी

बागलुङ / २२ असार
क्वारेन्टिनमा मृत्यु भएका बागलुङको निसीखोला–२ का २९ वर्षीय सुनिल विश्वकर्माको शव स्थानीयको बिना अवरोध व्यवस्थापन गरिएको छ । उनको सव ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै आइतबार राति सेना द्वारा व्यवस्थापन गरिएको हो।

लुकुरवन खोला नजिकै बगरमा डोजरले खाल्डो खनेर विश्वकर्माको शव गाडिएको हो । सुनिलको शवलाई नेपाली सेनाको अर्जुन बाड गण अन्तर्गत शत्रुमर्दन गुल्मका तीन जना सेनाले आइतबार राति अन्तिम सलामी दिएर बिदाइ गरेका हुन् ।

पोखरा, गोरखालगायतका विभिन्न स्थानमा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध आइरहेता पनि ढोरपाटनमा भने कुनै अवरोध आएन।

मृतक विश्वकर्मा चार वर्ष पहिलेबाट क्षयरोगको बिरामी थिए । उनको फोक्सोको देब्रे भागले भारतमा हुँदा नै काम गर्न छोडेको थियो । उनको आइतबार बिहान ढोरपाटन नगरपालिका–४ खुंगास्थित छोरेगाउँ माविको क्वारेन्टिनमा निधन भएको थियो।असार २ गते भारतबाट फर्किएका उनको असार १२ गते स्वाब संकलन गरिएको भए पनि मृत्यु भएपछि मात्र कोरोना संक्रमण भएको पुष्टि भएको हो।

भर्खरै

सम्बन्धित खबर

Language »