सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलद्वारा यातायात पूर्वाधार निर्देशनालय भवन उद्घाटन

मकवानपुर – बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बुधबार हेटौँडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङमा नवनिर्मित यातायात पूर्वाधार निर्देशनालय भवन उद्घाटन गरेका छन्।

उनले प्रदेश सरकारको प्राथमिकता पूर्वाधार विकास गर्नु रहेकाले सरकारको उद्देश्यमा निर्माण कम्पनीका ठेकेदारले सडक, पुल, भवनको निर्माण समयमै सम्पन्न गर्न ध्यान दिनु जरुरी रहेको बताए।

भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले संघीय सरकारसँग सहकार्य गरी छिट्टै भीमफेदी–कुलेखानी सुरुङमार्गको बोलपत्र आह्वान गर्ने तथा सुरुङमार्गको युग सुरु गर्ने बताए। नवनिर्मित भवन १९ कोठाको रहेको र लागत दुई करोड ४४ लाख १७ हजार छ।

भर्खरै

सम्बन्धित खबर

Language »