सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाजुराको क्वारेन्टिनमा ६५ वर्षीय वृद्धको मृत्यु

बझाङ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ को क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ । जेठ १५ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो ।

शुक्रबार साँझदेखि खाना नखाएका उनको राति मृत्यु भएको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । गाउँकै मष्टा आधारभूत विद्यालय बुढाबाडामा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको वडाध्यक्ष रावतले बताए ।‘उहाँ दमको बिरामी रहेको बुझिएको छ । हिँजो साँझ दम बढेको बताएपछि औषधिसमेत खुवाएका थियौँ,’ वडाध्यक्ष रावतले भने, ‘उहाँलाई अरु केही समस्या थिएन ।’ मृतक २५ वर्षदेखि भारतमा बस्दै आएका र यही जेठ १५ गते मात्र गाउँमा आएको वडाध्यक्ष रावतले जानकारी दिए ।

मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिने प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । मृतकको स्वाब संकलन गरी धनगढी प्रयोगशालामा पठाउने र रिपोर्ट आएपछि बल्ल सेनाले शवको व्यवस्थापन गर्ने गैरेले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »