सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाढी पहिरोले पुर्‍याएको क्षतिबारे पूर्वराजा शाहद्वारा दुःख व्यक्त (प्रेस विज्ञप्ति सहित)

काठमाडौं / २९ असार।
पूर्वराजा ज्ञानेन्द्र शाहले देशका विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट पीडित सर्वसाधारणको अवस्थाप्रति व्यक्त गरेका छन् ।

सोमबार प्रेस विज्ञप्ति जारी गरेर उनले मुलुकको विभिन्न भागमा बाढी, पहिरो र डुबानबाट धेरैले ज्यान गुमाएको, घाइते भएको, घर गोठ जायजेथा गुमाउनु परेको खबरले आफू दुःखी भएको जानकारी दिएका छन् ।

पीडितहरुलाई उद्धार, राहत र उपचारको व्यवस्था सबै मिलेर गर्नुपर्ने भन्दै उनले विज्ञप्तिमा लेखेका छन्, ‘शोक, वियोग, व्यथा र वेदनाको यो स्थितिमा सबैबाट सबैको राहत, उद्धार र उपचार होस् । विनासको यो बेला पर्याप्त सहयोग, सुव्यवस्था तथा निगरानी पुगोस् भन्ने मेरो आग्रह छ ।’ उनले हाम्रोजस्तो पर्वतीय मुलुकमा बाढी, डुबान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया भएको बताउँदै त्यसको रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्ने समेत बताएका छन् ।

उनले प्रतिकूल मौसमी प्रकृतिका कारण उत्पन्न प्रकोप र पीडाबाट जनताले मुक्तिको सास फेर्न पाउन् भन्ने प्रार्थना समेत गरेका छन् । शाहले प्राकृतिक विपदको यो समयमा शोक सन्तप्त पीडित सबैमा समवेदना व्यक्त गर्दै घाईते सबैको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »