बारा। छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमण व्यापक बनेपछि बारामा स्थानीय प्रशासनले आज (आइतबार) बिहानैदेखि निषेधाज्ञा जारी गरेकाे छ।
छिमेकी जिल्ला पर्सामा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको तथा बारामा पनि दैनिक संक्रमितको संख्या बढिरहेकाले आज बिहान ५ बजेदेखि अर्काे सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले मानिसको आवतजावत र भिडभाड नहुने अपवादमा परेका केही गाउँपालिकाबाहेक अन्य सबै स्थानमा निषेधाज्ञा लागू गरेको जानकारी दिए।
शुक्रबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले आम नागरिकको जीवन रक्षा तथा कोरोना नियन्त्रण गर्न उक्त निर्णय गरेको जनाइएको छ।
बारामा निषेधाज्ञाबारे विस्तृत जानकारी याे विज्ञप्ति…