सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बारामा वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना

बारा /०६ साउन ।
बारामा वडाध्यक्ष र कर्मचारीसहित ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालमा गरिएको परीक्षणमा कर्मचारी र जनप्रतिनिधिमा कोरोना पोजिटिभ भेटिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो ।


देवताल गाउँपालिकाका ३४, कलैया उपमहानगरपालिकाका तीन, सुवर्ण गाउँपालिकाका तीन र अरु ६ जना गरी ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यसैबीच प्रदेश १ का ७ सय ९३ जनामा सङ्क्रमितमध्ये ७ सय २ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा अहिलेसम्म ८८ दशमलव ५४ प्रतिशत निको भएका हुन् । सङ्क्रमण देखिएका ८८ जनाको उपचार भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »