सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बार्षिक कार्यक्रम समिक्षा बैठकमा डाँगीको विदाई

नेपालगंज ,नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा आर्थिक वर्ष २०७६÷०७७ मा संचालित नियमित एवं परियोजनासंग सम्बन्धि गतिविधिहरुको बार्षिक समिक्षा बैठक सम्पन्न भएको छ ।

बार्षिक साधारण सभाबाट स्वीकृत कार्यक्रमहरु निर्वाधरुपमा लक्षित समुदायसम्ममा पुगेको र केही गतिवधिहरु कोभिड–१९ को महामारीका कारण सम्पन्न गर्न कठिनाई भएको समिक्षा बैठकमा जानकारी गराइएको थियो ।

सोही क्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखामा विगत ३२ वर्ष ६ महिना सेवा पुर्याउनु भएको सवारी चालक तेजबहादुर डाँगीलाई विदाई गरिएको छ ।

सेवा निबृत डाँगीलाई बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव र कार्यालय प्रमुख दोलखबहादुर डाँगीले संयुक्त रुपमा कदरपत्र, दोसल्ला र फुलमाला लगाई विदाई गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »