सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बार्सा र बार्यन च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश,नपोली र चेल्सी अन्तिम सोह्र बाटै आउट

हिजो राति भएको युरोपियन च्याम्पियन्स लिगको अन्तिम सोह्रको दोस्रो खेलहरुमा स्पेनिस् क्लब बार्सिलोना र जर्मनी क्लब बार्यन म्युनिखले जित दर्ता गरेका छन् । यस जितसँगै यी दुई टोलि च्याम्पियन्स लिगको क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
स्टार खेलाडीहरू सहित इटालियन क्लब नपोली विरुद्ध घरेलुु मैदानमा उत्रिएका बार्सिलोनाले गत रातीको खेलमा ३-१ गोलको स्पष्ट जित निकालेको छ । खेलमा बार्साको लागि लियोनल मेस्सी र लेङ्लेटले एक एक गोल गर्दा एक गोल लुइस सुवारेजले पेनाल्टी मार्फत गरेका थिए । नपोलीका लागि इन्साइनले एक पेनाल्टी गोल फर्काए । अघिल्लो खेलमा १-१ को बराबरी नतिजा निकालेका नपोली यस खेलको हारसँगै बार्सासँग समग्रमा ४-२ गोलले पछि पर्दै अन्तिम १६ बाटै बाहिरिएको छ ।

अर्को खेलमा बार्यनले घरेलुु मैदानमा इङलिस क्लब चेल्सीलाई ४-१ गोलले पराजित गरे । बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले २ गोल गरे भने इभान पेरिसिक र कवरेन्टिन टोलिसोले एक एक गोल गरे । चेल्सीका लागि टमी अब्राहमले एक सान्त्वना गोल गरे । यस सँगै बार्यन चेल्सी विरुद्ध अघिल्लो खेलको ३-० गोलको जित सहित समग्रमा ७-१ गोल अन्तरको स्पष्ट जित निकाल्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ भने चेल्सी अन्तिम सोह्रबाटै बाहिरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »