सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बार्सिलोनाको पोस्टमा बार्यनको आठ गोल, बार्सिलोना क्वाटरफाइनलबाटै आउट

जारी सिजन २०१९/२० को युरोपियन च्याम्पियन्स लिग अन्तर्गत गत राति भएको क्वाटरफाइनल खेलमा जर्मन लिग बिजेता बार्यन म्युनिखले स्पेनिस महारथी क्लब बार्सिलोनालाई ८-२ को फराकिलो गोल अन्तरले हरायो । पोर्चुगलको लिस्बनमा भएको सो खेलमा बार्यनले यस जितसँगै सेमिफाइनलमा प्रवेश गरेको छ भने यस हार सँगै बर्सिलोनाको उपाधी सपना यसपटक पनि चकनाचुर हुन पुग्यो ।

सुरुवातबाटै आक्रमक खेल पस्किएका बार्यनले चौथो मिनेटमै थोमस मुलरको गोलबाट अग्रता लिएका थिए । मुलरलाई रोवर्ट लेवान्डोस्कीले असिस्ट प्रदान गरेका थिए । तर खेलको सात औं मिनेटमा बार्यनकै डेविट आल्बाले आत्माघाती गोल गरेपछि बार्सिलोना खेलमा बराबरीमा फर्कियो । एक्काइसौं मिनेटमा पेरिसिकले गोल गर्दै बार्यनलाई फेरि २-१ गोलको अग्रता दिलाए । लगत्तै २७ औं मिनेटमा ग्नाब्रीको गोलबाट बार्यनले ३-१ को अग्रता बनायो । एक पछि अर्को गोलको अवसर सिर्जना गर्दै आक्रमक खेल पस्किएका बार्यनलाई ३१ औं मिनेटमा फेरि थोमस मुलरले गोल गर्दै ४-१ गोलको अग्रता दिलाए ।

खेलको ५७ औं मिनेटमा बार्सिलोनाका लुइस सुवारेजले गोल गर्दै बार्यनसँगको अग्रता घटाउँदै ४-२ को स्थितिमा ल्याए । पहिलो हाफमा ४-१ को अग्रता लिएको बार्यनले यतिकैमा रोकिएन । खेलको ६३ औं मिनेटमा किम्मिचले गोल गर्दा बार्यनले ५-२ को अग्रता लिए । फिलिप कोटिन्होको पासमा ८२ औं मिनेटमा रोवर्ट बार्यनका लागि लेवान्डोकीले गोल गरे । लेवानडोस्कीको गोलसँगै ६-२ गोलको अग्रता लिएका बार्यनले पुनः २ गोल थपे । ७५ औं मिनेटमा ग्नाब्रीको स्थानमा मैदान प्रवेश गरेको फिलिप कोटिन्होले ८५ औं र ८९ औं मिनेटमा पुर्व क्लब बार्सा विरुद्ध २ गोल गरे ।

भर्खरै

सम्बन्धित खबर

Language »