सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालअधिकार संरक्षणका लागि बाँकेका स्थानीय तहहरु सक्रिय हुँदै खजुरा गाउँपालिकास्तरीय बाल अधिकार समिति पुनर्गठन


नेपालगन्ज, बालअधिकार संरक्षणका लागि जिल्लामै पहिलो पटक खजुरा गाउँपालिकाले पालिकास्तरीय बाल अधिकार समितिको पुनर्गठन गरेको छ ।

प्लान नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बाँके जिल्लामा सञ्चालन गरिएको बालिका संरक्षण परियोजनाको पहलमा खजुरामा बाल अधिकार समितिको पुनर्गठन गरिएको हो ।

पालिकास्तरीय सो समितिको पुनर्गठन गर्नका लागि आयोजना गरिएको पालिकाका सबै सरोकारवालाहरुको सहभागिता रहेको भेलाले गाउँपालिकाका उपप्रमुख एकमाया विकको संयोजकत्वमा पालिकास्तरीय बालअधिकार समितिको पुनर्गठन गरेकोे छ ।

पुनर्गठन गरिएको समितिमा महिला वडा सदस्यहरु पूर्णिमा सुनार, सुमित्रा विक, वडा सदस्य निसार अली दर्जि, शिक्षा शाखाका टंक दाहाल, प्रहरी चौकी धनौलीका पोषणराज थपिलया, महिला बालबालिका सेवा केन्द्रका तारा कुमारी बस्नेत, बाँके युनेस्को क्लबका मिना जोशी, बाल क्लब सञ्जालका बालिका मन्जुथापा मगर, अधिकारकर्मी पूर्णचन्द्र उपाध्याय लगायतलाई सदस्यमा राखिएको छ भने महिला तथा बालबालिका शाखाका प्रमुख सुशिला न्यौपानेलाई सदस्य सचिव तोकिएको छ ।

समितिमा पत्रकार, उद्योग वाणिज्य संघका प्रतिनिधि, बाल क्लबका प्रतिनिधि र अन्य केहीलाई एक दुई दिनमै मनोनित गरिने समितिका संयोजक तथा गाउँपालिकाका उपप्रमुख विकले बताउनु भयो ।

सो कार्यक्रममा बोल्दै गाउँपालिकाका उपप्रमुख विकले खजुरा गाउँपालिका भित्रका सबै बालबालिकाहरुको तथ्यांक संकलन गरेर उनिहरुको वास्तविक अवस्था पत्ता लगाई विशेष योजना बनाएर अगाडी बढ्नु पर्ने बताउनु भयो ।

उहाँले बालविवाह, लागु औषधको सेवन, बिद्यालय छोड्ने जस्ता समस्याहरु पालिकाभित्र रहेको जनाउँदै ती समस्या समाधानका लागि समितिले काम गर्ने बताउनु भयो । त्यसका लागि गैर सरकारी निकाय र विभिन्न संघ संस्थाहरुले पनि गाउँपालिकासंग हातेमालो गरेर अगाडी बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा महिला तथा बालबालिका खजुरा शाखाका प्रमुख सुशिला न्यौपानेले बाल अधिकार समितिको कर्तव्य, अधिकार र कार्य क्षेत्र बारे बिस्तृत रुपमा जानकारी गराउँदै गाउँपालिकामा रहेका वालबालिका सम्बन्धि समस्याहरुबारे पनि छलफल गराउनु भएको थियो ।

सो अवसरमा गाउँपालिकाका निर्वाचित वडा सदस्यहरु, गाउँपालिकाका सदस्यहरु, प्रहरी, बाल क्लबका प्रतिनिधी, शिक्षा शाखा, स्वास्थ्य शाखाका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा बाँके युनेस्को क्लबका महासचिव मिना भुषाल, कोषाध्यक्ष बुधेश जैसवाल, कार्यसमिति सदस्यहरु फिरदौस जहाँ र साहिल अन्सारी तथा कार्यकारी निर्देशक रवि तुलाधरको पनि उपस्थिति रहेको थियो ।

यसअघि पनि सोही गाउँपालिकामा प्लान नेपालकै सहयोगमा बाँके युनेस्को क्लबको अगुवाईमा मानव बेचविखन तथा ओसार पसार नियन्त्रण सम्बन्धि निति तयार गरिएको थियो । सो नितिलाई समेत गाउँपालिकाले पारित गरिसकेको गाउँपालिकाले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »