सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालाजु बाईपासमा आफ्नो मातृ भाषा बोलेकै आधारमा पक्राउगरीएका अभियन्ताहरुलाई निशर्त रिहाईको मागराख्दै माईतीघर मण्डलामा प्रदर्शन

काठमाडौं। फागुन १२ गते बालाजु बाईपासमा बन्नलागेको सुचनाकेन्द्र  को जस्ताको बार भत्काएको आरोपमा पक्राउपरेका त्यसस्थानका स्थानिय पिडीतहरुको अवस्था बुझ्न महानगरीय प्रहरी बृतबालाजुमा पुगेका उपत्यकाब्यापि सडक पिडीत शंघर्ष समितीका अध्यक्ष सुमन सायमिलाई थुनुवा कक्षमा रहेका पिडीत संग नेवारी भाषामा कुराकानि गरेकै आधारमा प्रहरीमाथि गालि गलौज गरेको आरोपमा  प्रहरी कम्पाउण्ड भित्रैबाट पक्राउगरी मुद्धाचलाउन म्यादथप गरीएको घटनालाई लिएर आज माईतीघर मण्डलामा प्रदर्शन भएको छ।

प्रदर्शनको क्रममा केहि बक्ताहरुले आफ्नो मनतब्य राखेका थिए। कार्यक्रममा बोल्दै उपत्यका सरोकार मन्च का उपाध्यक्ष बिध्या श्रेष्ठले आज नेवारमाथि भएको यो राज्य आतंकले भोलि अन्य नागरिक लाई पनि नछोड्ने भन्दै अहिले टुलुटुलु हेरेर बसे भोलि सबैलाइ अफ्ठ्यारो पर्ने निष्चित भएको बताएकि थिइन । यो राज्यले यसैगरी दमन र अन्याय गरीरहे अब साचै काठमाण्डौ उपत्यका बाटै आतंकारी जन्म हुने र त्यसको नेतृत्वगर्न आफु तयाररहेको समेत बताउदै सरकार र राज्यसत्ता प्रती आक्रोश ब्यक्त गरेकी थिइन्।

कार्यक्रम मा अन्य नेवा संगठन तथा बृहद नागरिक आन्दोलन को समेत सहभागीता र  ऐकेबद्दता रहेको थियो  । बक्ताहरुले शान्तिपुर्ण तरीका बाट गरीएको प्रदर्शन लाई कमजोरसम्झेर बिनाशर्त अभियन्ता हरुलाई रीहाई नगरीए ठुलो मुल्य चुकाउनुपर्ने बताएका छन्। यसैबिच अभियन्ताहरुले  कमलपोखरी को बिचमा बनाईएको सिमेन्टको स्टक्चर समेत भत्काउन पुगेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »