सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालाजु बाईपासमा फेरि डोजर आतंक

विगत लामो समयदेखि विवादास्पद बनेको बालाजु वाइपास सडक खण्डमा फेरि डोजर चलाएर सडकको कामलाई अगाडि बढाइएको छ ।

एकाबिहानै चारवटा डोजर एकसाथ देखिएपछि त्यहाँका स्थानीय तथा सडक पीडितहरु अचम्मित भएका थिए। पीडितहरुले किन डोजर आएको भनेर बुझ्न खोज्दा माथिको आदेश मात्र भनेर टार्न खोजिएको थियो।

को माथिको आदेश भनेर बुझ्न पिडितहरु महानगरीय प्रहरी बृत बालाजु पुग्दा उपत्यका बिकास प्राधिकरणबाट पठाईएको पत्रमा बृतलाई सडक खण्डको पूर्वपट्टिको भागमा सडक पेटि निर्माण गर्ने मात्र उल्लेख गरिएको तर ठेकदारले पश्चिम पट्टिको भागमा समेत डोजर चलाएकोले आफुहरु आक्रोशित बनेको पीडित पक्ष्यको दाबी छ।


यतिबेला शहरी बिकास मन्त्रालयको मन्त्री तथा राज्य मन्त्री दुवै उपत्यका कै नेवार समुदाय बाट भएको अवस्थामा यसरी नेवा समुदायको बाहुल्यता रहेको बिवादस्पद क्षेत्रमा डोजर चलाइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।


सर्वोच्च अदालतको आदेशलाई समेत उपत्यका बिकास प्राधिकरणले लत्याएर काठमाडौंका स्ववासीमाथि गरिएको अन्यायले राम्रो संकेत नगरेको उपत्यकाब्यापी सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी बताउँछन् । यदि अदालतको आदेशको पालना नगरी सडक विस्तार गरिए प्रतिकारमा उत्रन आफुहरु बाध्य हुने अध्यक्ष सायमीले संकेत गरेका छन्।


नेवार समुदाय कै मन्त्री भएको मन्त्रालयबाट नेवार समुदाय माथिनै यसरी पेल्न खोज्नु राज्य को फुटाउ र शासन गर भन्ने  नीति स्पष्ट देखिँदा पनि नेवा:समुदाय एकतावद्ध हुन नसक्नु बिडम्बना भएको विवादास्पत क्षेत्र मैं आज भेटिएका एक नेवा:अभियान्ताले बताए ।


खोकना र पशुपतिको जस्तै बालाजुको मुद्धा पनि राष्ट्रिय मुद्दा भैसकेकोले यसलाई कमजोर नसम्झिन नेवा: अभियान्ताहरुले  सरकारलाई चेतावनी समेत दिएका छन्  ।


यो विषयमा  उपत्यकाब्यापी सडक पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमी तथा शहरी बिकास मन्त्री कृष्ण गोपाल श्रेष्ठ बिच टेलिफोन संवाद समेत भएको र यो विषयमा छलफल गरेर अगाडि बढ्न सकिने आश्वासन मन्त्रीबाट आएको एक श्रोतले सारा खबरलाई बताएको छ।


शहरी बिकास राज्यमन्त्री रामबिर मानन्धरको आगन मै भएको यो हर्कतलाई नेवा: समुदाय बिचको अन्तर विरोधको रूपमा हेरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »