सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालाजु बाईसधारामा मनाईयो अन्तराष्ट्रीय श्रमिक महिला दिवस

काठमाण्डौ  । १११औं अन्तराष्ट्रीय श्रमिक महिला दिवस को अवसरमा  कामनपा १६ बालाजु  आसपासका  महिलाहरुले बाजाजु बाईसधारा उद्धानमा  एक कार्यक्रम आयोजना  गरी मनाएका छन् ।

८ मार्च स-शक्तिकरण मन्च र  राष्ट्रीय अपांग श्रीमति संघ नेपाल को संयुक्त आयोजनामा  गरीएको कार्यक्रममा “महिलाको सबैक्षेत्रमा समान  अधिकार ,शुरक्षा र  रोजगार – संबृद्ध आधार “भन्ने मुलनारा लगाईएको थियो  ।

राष्ट्रीय अपांग श्रीमति संघ नेपाल कि उषा सिंखडा ले  संचालन  गरेको  कार्यक्रममा  आठमार्च स-शक्तिकरण मन्च की अध्यक्ष जानुका पौडेलको शभापतित्व र महिला नेतृ सुमित्रा राजवंशी को प्रमुख आतिथ्य रहेको  थियो  । 
कमला  श्रेष्ठ को  बिषेश आतिथ्य  र  २३ वटा  संघ सस्था   आमा समुह  हरुका  प्रतिनिधि हरुको  आतिथ्यमा  कार्यक्रम  भब्यताका  साथ   संपन्न  भएको  आयोजक  संस्थाकि अध्यक्ष जानुका पौडेल ले  बताएकि छिन्।

कार्यक्रममा  बिमला सिंखडा  ,तिल कुमारी  सिंखडा  ,कल्पना  पौडेल ,कोपिला  कुँवर , बसुन्धरा पौडेल ,कमला  ढकाल ,लगाएत ले  सकृय भुमिका  निर्वाह गरेका  थिए  ।

दिउसो १ बजे  बालाजु चोक बाट शुरु भएको  महिला  नौमति बाजा सहितको  र्यालि गंगाहल ,माछा पोखरी  ,बाईपास  ,हुदै बाईसधारा पार्क मा  पुगेर शभामा  परीणत भएको  थियो  ।कार्यक्रम  मा  अनिता ढकाल ,पंफा पन्त  ले  अतिथि  सत्कारको  भुमिका  निर्वाह  गरेका थिए।

नौमति बाजा  सहित आफ्नो क्षेत्र परीक्र्मा  गरेका  महिला हरुले  पार्क  पुगेर् नाचगान र  शभा गरी कार्यक्रम  समापन  गरेका  थिए  ।

कार्यक्रममा बक्ताहरुले  महिला  हकहित  र  अधिकार को बारेमा अझ सचेतना फैलाउन सके  राज्यको  हरेक  अंगमा महिलालाई उभ्याउन  सकिने तर्क  राखेका  थिए  ।

भर्खरै

सम्बन्धित खबर

Language »