सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालाजु वाइपास क्षेत्र तनावग्रस्त : शान्तिपुर्ण प्रदर्शन माथी प्रहरी दमन

विगत ७ बर्ष देखी विबादित हुँदै आएको बालाजु बाइसधारा वाइपास सडक बिस्तार को मुद्धा फेरी बल्झिएको छ ।कुनैबेला चुनावी लेनदेन को चर्चा बटुलेको यो क्षेत्रमा भएको शान्तिपूर्ण प्रदर्शन मा ब्यापक प्रहरी दमन भएको छ ।

आफुहरु लाई कुनै सुचना समेत नदिइ डोजर आतंक मच्चाए को भन्दै बिरोधमा उत्रीएका स्थानिय सरोकारवाला तथा उपत्याकाब्यापी सडक बिस्तार पीडित शंघर्ष समितिका अध्यक्ष सुमन स्यामी लगाएत ८ जनालाई दिउसै प्रहरिले गिरफ्तार गरेको थियो ।उनिहरु लाई पक्राउ गरे पछी स्थिती अझ तनावग्रस्त बनेको थियो ।

No description available.
No description available.

गैह्र न्यायिक ढंग बाट गिरफ्तार गरिएका सबैलाई बिना सर्त रिहाइ गर्नु पर्ने ,सडक बिस्तार को कार्य स्थगित गरी समस्याको समाधान गर्नुपर्ने , पुनारावेदन अदालत र सर्वच्व अदालत को आदेश पालना गर्नु पर्ने लगायतका नारा लागाउदै महनगरिय प्रहरी वृत बालाजु अगाडी गरिएको प्रदर्शन मा प्रहरी ले दमन गरी युवा अभियान्ता मुकुन्द सिलवाल र बिरोचन श्रेष्ठ लाई पक्राउ गरेको थियो । धमाधम आफ्ना मान्छेहरु पक्राउ र धरपकड गर्न थालेपछी स्थानिय हरु झन आक्रोसित बनेका थिए ।

No description available.

साँझ पख स्थिती अझ बिग्रदै गएपछी प्रहरिले स्थानियलाई तितरबित्तर पार्न लाठिचार्ज गरेको थियो ।लाठिचार्ज को क्रममा स्थानिय युवा पंकज पाण्डे को टाउको मा गम्भिर चोट लागेको कारण उपचार को लागी पिपुल्स हस्पिटल नयाँ बजार लागिएको जनाइएको छ ।स्थानिय मनिस श्रेष्ठ लगायत केहि मानिस हरु घाइते भएको जानकारी सारा खबर लाई प्राप्त भएको छ ।समाचार संकलन को क्रम मा सारा खबर डट कम का बिकास बाबु श्रेस्ठ को हात मा सामान्य चोट लागेको छ ।

No description available.

अदालत को निर्देशन को अबज्ञा गरेको भन्दै स्थानिय ले प्रहरी प्रशासन र शहरी बिकास राज्य मन्त्री रामबिर मानन्धर बिरुद्ध नाराबाजी गरेका थिए ।

No description available.

यो सडक बिस्तार आइ. एल. ओ. महासन्धी १६९ बिपरित भएको जनाइएको छ । सार्वजानिक जग्गा अतिक्रमण गरी बस्नेलाई सुकुमबासी को नाममा जग्गा बाढ्ने निर्णय गर्ने सरकारले काठमान्डौ कै रैथाने मुलवासी लाई बिस्तापित गर्न खोज्नु यहाँको मुलवासी माथी गरिएको घोर अन्याय भएको स्थानिय बासी हरुको तर्क छ ।

No description available.
No description available.
No description available.

भर्खरै

सम्बन्धित खबर

Language »