सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु

काठमाडौं। सत्तारुड नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । मंगलबार नै बस्ने भनिएको सचिवालय बैठक दुई अध्यक्षबीचको छलफलपछि बुधबारका लागि सारिएको थियो ।पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सो कुराको जानकारी दिएका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा सबै सदस्य उपस्थित छन् । आजको बैठकले स्थायी कमिटीको बैठकको मिति तय गर्ने बताइएको छ । तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटीको बैठक बोलाउने पक्षमा छैनन् ।

पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ। खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र विवाद र गुटबन्दी चर्केको हो। संकटमा सघाउनुपर्ने बेला सरकारलाई अप्ठ्यारो पार्ने र यसले पार्टीलाई समेत कमजोर पार्ने मत पार्टीभित्र बलियो बन्दै गएको छ।

ओलीको विकल्प खोज्‍न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम समूह एकै ठाउँमा उभिएपछि यो समिकरणलाई जसरी नै भत्काउने प्रयासमा बालुवाटार जुटेको छ।

स्थायी समितिको बैठक बोलाउन र त्यसमै ओलीको विकल्पबारे छलफल गर्न प्रचण्ड, माधव, झलनाथ र गौतम समूह सक्रिय भएपछि ओली पक्ष स्थायी समितिलाई जसरी पनि टार्ने रणनीतिमा छ। प्रचण्ड र नेपाल समूहका २० सदस्यले यही वैशाख १० मा दुवै अध्यक्षलाई पत्र लेखेर स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए।

सिंगो मुलुकले संकट सामना गरिरहेका बेला पार्टीभित्रैबाट आफूमाथि प्रहार हुन थालेपछि प्रधानमन्त्री ओलीले संसद र पार्टी दुवैतिर आफ्नो बहुमत जुटाउने प्रयास गरेका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »