सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाल आश्रममा ठुलो सहयोग लिएर पुग्यो “स्नेह सेवा अभियान “

काठमाण्डौं। कोरोना भाइरस ले बिस्वलाई आक्रान्त पारीरहेको अवस्थामा नेपालले  पनि त्यसको असर भोग्नु परिरहेको छ । कोरोना भाइरसको असर यतिबेला दैनिक मजदुरी गरेर खानु  पर्ने वर्गमा मात्र  नभई निम्न बर्गीय परीवारमा समेत पर्न थालेको छ ।

यस्तो अवस्थालाई मध्यनजर गर्दै समाजका केहि अगुवा गरुको पहलमा यतिबेला देशै भरी बिभिन्न खालका सेवा गर्ने अभियान हरु भई रहेका  छन्।यस्तै अभियान  मध्य बिभिन्न क्षेत्र मा कार्य  गर्ने अभियन्ता हरुको समुहले केहि दिन बाट” स्नेह सेवा अभियान” मार्फत् बिभिन्न किसिम का राहत प्याकेज हरु बितरण गरिरहेको  छ ।

बिजेन्द्र नौबागे (कलाकार,सर्जक), मिलन आले (चलचित्र निर्देशक), जिवन बडाल  (सामाजिक अभियन्ता ,चक्रपथ सरसफाई महा अभियान), अमर वलि (चलचित्र निर्देशक), सुनिता थापा (सामाजिक अभियन्ता),देबेन्द्र पाण्डे (निर्देशक) ओम बाबु के.  सि.  (सामाजिक अभियन्ता) को पहलमा चलाईएको यो अभियानले  गोकर्णमा रहेको सयुक्त अपाङ्ग एकता आवाज केन्द्र लाई सहयोग  सामाग्री हस्तान्तरण गरेको छ ।

स्नेह सेवा अभियान को सकृयता रअल्फा हेल्पिङ हेण्डस् फाउण्डेसन को सहकार्यमा  ४८ जना बाल बालिका रहेका सयुक्त अपाङ्ग एकता आवाज केन्द्र गोकर्ण लाई केहि खाध्य सामाग्री हरु हस्तान्तरण गरीएको थियो ।

तिल बहादुर कार्की को संयोजन मा संचालित सो बाल गृहमा सहयोग सहित टोलि पुग्दा त्यहाँ रहेका बाल बालिका हरुले स्वागत गरेका  थिए ।

यो अभियानले आजसम्म धेरै ठाउँमा राहत बितरण गरेको भएपनि बाल गृहमा सहयोग लिएर पुग्दा आफु र आफ्नो टोलि निकै भाबुक भएको सकृय अभियन्ता जिवन बडाल ले बताए ।

भोका पेट र असाहय मन हरु लाई सहयोग गर्न  पाउँदा  आफुहरु निकै खुसि रहेको अभियन्ता हरु बताउछन्।

यो अभियान को संयोजन एक्टिभ ईन्टरटेनमेन्ट प्रा लि ले गरीरहेको छ  ।

भर्खरै

सम्बन्धित खबर

Language »