सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाल मैत्री स्थानीय शासन सम्वन्धी ३ दिने तालिम समापन

नेपालगञ्ज , नेपालगञ्ज उपमहानगरपालिका वडा न १० मा सञ्चालित बाल मैत्री स्थानीय शासन सम्वन्धी ३ दिने तालिम आज समापन गरिएको छ ।

वडा कार्यालयको सहयोगमा बातावरण तथा बाल अधिकार संरक्षण केन्द्र(इम्प्रोक) र वडा न १० को बाल क्लव सञ्जालद्धारा आयोजित तालिम आज सकिएको हो ।

वडाका ३० बालबालिका सहभागी तालीममा बालमैत्री स्थानीय शासनका विवीध विषय, बाल अधिकारका सन्धी, महासन्धी, बालश्रम, बाल क्लव लगायतका विषयमा बासका निर्देशक नमस्कार शाह, बाल अधिकारकर्मी राजेनद्र विष्ट, ऋतिक शाही लगायतले सहजीकरण गर्नु भएको थियो ।

समापन समारोहमा बोल्दै वडा अध्यक्ष विन्दु भुषण वस्नेतले बालबालिकाको सवाललाई वडाले प्राथमिकताममा राखेको भन्दै बालै मैत्री वडा घोषणाका लागि सूचांक र आधारहरु तयार गरिन लागिएको जानकारी दिनु भयो ।

इम्प्रोकका अध्यक्ष तेजविक्रम शाहको अध्यक्षतामा भएको समारोहमा नेपालगञ्ज उपहानगरपालिका कार्यपालिका सदस्य वसन्ता जोशी, वडा सदस्य नर बहादुर विष्ट, पत्रकार महासंघका प्रदेश सचिव शुक्रऋषि चौलागाई, नगरस्तरिय बाल क्लव सञ्जाल पुर्व अध्यक्ष अञ्जना चुतर्वेदी लगायतले बालबालिका र बाल मैत्री स्थानीय शासन बारे बोल्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »