सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बाल संरक्षणका लागि मिडिया र स्थानीय तहविच समन्वयमा जोड मिडियासंग महिनाको एक पटक समन्वय बैठक र छलफल गरिने


नेपालगन्ज,बालअधिकार र बाल संरक्षणका लागि मिडिया र स्थानीय तहविच समन्वय र सहकार्य हुनुपर्नेमा विशेष जोड दिईएको छ ।

बर्दियाको गुलरियामा आयोजित एक कार्यक्रममा सहभागि मिडियाकर्मी र स्थानीय तहका पदाधिकारीले सो कुरामा जोड दिएका हुन् ।
प्लान नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियाको गुलरियामा आयोजना गरिएको ‘बाल संरक्षणमा सञ्चार क्षेत्रको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै जनप्रतिनिधी, मिडियाकर्मी र सरकारी निकायका प्रतिनिधीले समन्य र सहकार्य अपरिहार्य भएको बताए ।
बाल संरक्षण परियोजना अन्तर्गत आयोजना गरिएको सो अन्तरक्रिया कार्यक्रममा बोल्दै गुलरिया नगरपालिकाका उपमेयर सुशिला गिरीले गुलरियामा बालबालिका सम्बन्धि थुप्रै समस्याहरु रहेको जनाउँदै ती सबै समस्या समाधानका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।
उहाँले बालबालिकाको संरक्षणका लागि यहाँ गरिने सबै प्रकारका गतिविधि र कार्यक्रममा नगरपालिकाले पूर्ण सहयोग गर्ने पनि जनाउनु भयो ।

सोही अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले पत्रकारलाई तथ्यांक पाउन निकै कठिनाई हुने भएकोले स्थानीय तहले आ आफ्नो वडा र पालिकाको तथ्यांक अपडेट गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले तथ्यांककै आधारमा योजना र कार्यक्रम बनाइने भएकोले सही तथ्यांक नहुँदा कार्यक्रम पनि सही बन्न नसक्ने बताउनु भयो ।

नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्र धितालले बाल संरक्षणमा बर्दियाका सञ्चारकर्मी निकै गम्भीर र संवेदनशिल रहेको बताउनु भयो ।

सो अवसरमा बोल्दै महिला तथा बालबालिका कार्यालय बर्दियाकी प्रमुख शिला शाहले जिल्लामा महिला तथा बालबालिकाको अवस्था निकै दयनीय रहेकोले धेरै काम गर्नु पर्ने आवश्यकता औल्याउनु भयो ।
उहाँले मिडियासंग समन्यव र सहकार्यमा जोड दिंदै महिनामा एक पटक बस्ने वातावरण बनाइने बताउनु भयो । सो अवसरमा वरिष्ठ पत्रकारहरु विष्णु शर्मा, राकेश बस्याल, कमल पन्थी, मेघराज सिग्देल र पत्रकार एवं बाँके युनेस्को क्लबका सल्लाहकार सिराज खान लगायतले पनि बालबालिकाहरुका समस्या समाधानका लागि सहकार्य र समन्वयमा जोड दिनु भएको थियो ।
अन्तरक्रियामा बाँके युनेस्को कलबका कार्यक्रम संयोजक शान्त कुमार चौधरीले सहजीकरण गर्नु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »