सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिपद ब्यबस्थापनमा सहकार्य गर्दै सहयोगी मन हरु

काठमाडौ । कोरोना  भाईरस कोभिड् १९ को संक्रमण व्यापकरुपमा बढेर डरलाग्दो रुप  लिनै लाग्दा केहि नीजि र  सामुदायिक अस्पताल  हरुले अब  बिरामिको चाप थेग्न नसकिने भन्दै हात उठाएपछि  समाजका केही  अग्रज  तथा  सामाजिक अभियन्ताहरुको पहलमा  अक्सिजन व्यवस्थापन देखि आइसियु र  भेन्टिलेटर सहितको बेड व्यवस्थापन  गर्न  चौबिसै घण्टा खटेर  लागी रहेका छन् ।

यसरी अभियन्ता हरु अहोरात्र खटेको देखेर होला  सहयोगि मनहरुले पनि  अभियानलाई सफल बनाउन सक्दो सहयोग  गरेको  देख्न  सकिन्छ  ।

कोभिड को बिरामीहरूलाइ बेड पाउन  मुस्किल पर्न  थालेपछि चर्चित संचारकर्मी रवि लामिछानेको समुहले बालाजुमा  केहि समय देखि पुर्ण रुपमा संचालनमा  आउन  नसकेको जनमैत्री अस्पताललाई जनस्तरबाट सहयोग  जुटाएर कोभिड उपचार केन्द्र बनाईएको छ  ।

उपचार  केन्द्र लाई सहयोग  आउने  क्रम  पनि  जारीनै  छ  ।  भ्रष्टचार बिरुद्ध नागरिक अभियान केन्द्रीय कार्य समिति  सदस्य लिला खनाल  समाजसेवि श्याम बहादुर थापा , जगन्नाथ राजबाहकले अस्पताल संचालन तथा दुखि हरुको उपचार  खर्चमा  सहयोग पुगोस् भन्ने  हेतुले लिला  खनाल ५०००, श्याम  बहादुर थापा २००००, जगन्नाथ राज बहाक ले ५०००, गरी  जम्मा ३०००० सहयोग  उपलब्ध गराएका  थिए ।

निजहरुले सहयोग  उपलब्ध गराएको सामाजिक अभियन्ता ज्वाला संग्रौलाले आफ्नो फेसबुक पोस्ट मार्फत सार्वजानिक गरेकि छिन भने सहयोग रकम  आफुले संकलन  गरेर  हस्तान्तरण गरेको अभियन्ता  लिला खनालले जनाएकि हुन् । सहयोगि मन  हरुले अभियान  सफलताको  कामना पनि गरेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »