सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिबादै बिबादकाे बिचमा बिलाम माेक्तानले अध्यक्षमा बाजी मार्यो, युवा घेदुङकाे ४१ सदस्य नयाँ कार्य समिति चयन

काडमाडाैँ । नेपाल तामाङ युवा घेदुङकाे छैठाैं राष्ट्रिय सम्मेलन मंगलबार सम्पन्न भएकाे छ ।

बिलाम माेक्तानकाे अध्यक्षतमा ४१ सदस्य सहित युवा घेदुङकाे नयाँ कार्य समिति गठन भएकाे हाे ।

युवा घेदुङकाे कार्यक्रममा प्रतिनिधि सभाकाे सांसद बहादुर सिं तामाङ प्रमुख अतिथिकाे रूपमा उपस्थिति हुने भनिएता पनि उपस्थित हुन सकेन ।


नेपाल तामाङ सांस्कृतिक घेदुङकाे सर्व सहमतिमा कार्य समिति निर्माण भएता पनि नेपाल तामाङ युवा घेदुङकाे भने अध्यक्षकाे लागि विवाद लम्किदै जाँदा राति २ बजे मात्र नयाँ कार्य समिति गठन हुन सफल भएकाे थियाे ।

अध्यक्षका लागि बिलाम माेक्तान, संगम लामा, प्रतिक माेक्तान र साेम लामा बीचमा विवाद भएकाे थियाे ।

विशेष सुत्रका अनुसार युवा घेदुङमा पार्टीगत स्वार्थ पुर्ती गर्न अध्यक्षकाे लागि विवाद भएकाे बुझ्नमा आएकाे छ ।

युवा घेदुङले दलगत स्वार्थ भन्दा माथि उठेर काम गर्नु पर्ने युवा घेदुङका सदस्यहरूकाे एक मत थियाे ।

विवाद र दलगत स्वर्थकाे ठेसठासबाट रातकाे २ बजे नयाँ कार्य समिति चयन भएकाे छ ।


अध्यक्ष बिलाम माेक्तान सहितकाे नयाँ कार्य समित यस प्रकारकाे रहेकाे छ ।

भर्खरै

सम्बन्धित खबर

Language »