सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिशाल काल्तन vs टिकटक स्टार तर भिडियाेमा नुन नपुगेकाे अनुभव

काठमाडौं । तामाङ समुदायमा सर्वाधिक नाम कमाउन सफल गायक तथा संगीतकार चन्द्रकुमार दोङको प्रमुख आतित्थ्यतामा गायक तथा संगीतकार विशाल काल्तनको नयाँ म्यूजिक भिडियो ”कानैमा सुन दिउला” सार्वजनिक भएको छ ।

यो म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा नेपाली सिने क्षेत्रमा हास्य कलाकारको रुपमा नाम कमाउन सफल बुद्धि तामाङ विशेष अतिथिको रुपमा उपस्थित भएको थियो ।

सम्बोधनको क्रममा हास्यकलाकार तामाङले अरुको नामको पछाडि कुमार झुन्डिएको भएता पनि कुमार चाहिँ हुन नसकेको तर उहाँ चाहिँ अहिलेसम्म नै कुमार नै रहेको जानकारी दिदै हसाएको थियोे ।

विशेष अतिथि रोज मोक्तानले सेलो गीत हुनका लागि सेलोको नै भ्यू हुनु पर्ने बताउनु भयो । गायक राेज माेक्तानले कुनै दिन रेडियाे, टेलिभिजनमा गीत बजाउनु पर्याे भने संचालकलाई खुट्टामा ढाेक्नु पर्ने अवस्था पार गरेर आएकाे तितो अनुभव सुनाउनु भयको थियो ।

प्रमुख अतिथि तथा गायक चन्द्रकुमार दोङले गायक बिशाल काल्तनको प्रसंशामा समय खर्चिनु भयाे । गायक विशाल काल्तन गायक चन्द्रकुमार दोङको नै चेला हुन् । चेलाको प्रगतिमा गुरु खुशी हुनु स्वभाविक नै हाे ।

हुन त कानैमा सुन दिउला म्यूजिक भिडियो राम्रो नै बनेको छ तर टिकटमा स्टार भनिएका मोडल इशा घिसिङ माथि भने प्रश्न उठाएको नै छ ।

यो म्युजिक भिडियो गायक विशाल काल्तनको आफ्नै दुक्ष्य क्रयिशन म्युजिक युटुव च्यानमा सार्वजनिक हुने भएको हुनाले मोडल छनोटमा कतै चुकेको नै हो कि भन्ने प्रश्न उठाएको छ ।

मोडल हुनका लागि धेरै गुणहरुको मिश्रण हुनु पर्छ । हुन त मोडल इशा घिसिङले त्यो गुणमा बिकास गर्न सक्दैन भन्ने होइन । यो म्युजिक भिडियोमा भने कमि नै देखिन्छ । गायक विशाल काल्तनको स्वरमा वा ”कानैमा सुन दिउला” गीतले मागेको मोडल अरु नै हो कि ?

कोरियोग्राफर युद्ध लामाले म्युजिक भिडियोलाई न्याय दिन सफल भएको छ । मोडल मिलन थिङ पाराङ सँग टिकटक स्टार सन्तोष तामाङ दोङ लगाएत सबैलाई प्ले गर्न सफल भएको देखिन्छ तर कलर मिक्सिङमा भने केही त्रुटी देखिन्छन् ।

सार्वजनिक भएको करिब ३ घन्टाको अन्तरालमा २५०० भ्युज कमाउन सफल यो म्युजिक भिडियोमा असोक लामाले कोरियोग्राफी कमजोर भएको कमेन्ट् गरेको छ भने लक्ष्मी तामाङ, अप्सरा थिङ र सरोज लामाले कलरिङ पक्ष धेरै कमजोर भएको भन्दै कमेन्ट् गरेका छन् ।

सारा खबरकाे टिमले याे म्युजिक भिडियाेमा अभिनय गरेका माेडल, गायक र काेरियाेग्राफर सँग पनि संवाद गरेका छाै भने गायिका जित्तु लाेप्चनसगँ पनि छाेटाे प्रतिक्रिया लिएकाे थियाे । उहाँहरूकाे भनाइ हामीले जस्ताकाे तस्तै यहाँ प्रस्तुत गरेका छाै ।

म्युजिक भिडियाेकाे लागि यहाँ क्लिक गर्नु हाेला।

भर्खरै

सम्बन्धित खबर

Language »