सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिहीबारको मौसम : केहि स्थानमा भारी वर्षा

काठमाडौं । बिहीबार मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमानमा हाल नेपालमा मनसुनी न्यून चापीय रेखा पश्चिम नेपाल नजिक रहेको जानकारी दिएको छ ।

महाशाखाका अनुसार हाल देशभर समान्य बदली रही प्रदेस १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा बर्षा भइरहेको छ।

यसैगरी, बिहीबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साथै, गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै, राति देशभर सामान्य वदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »