सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिहीबार ४ वटा गन्तब्यबाट ५८६ नेपाली स्वदेश फर्किए

काठमाडौं / ०१ साउन।
बिहीबार त्रिभुवन विमानस्थलबाट १२ वटा अन्तराष्ट्रिय उडान अवतरण भएका छन् । त्यसमध्ये ४ वटा गन्तब्यबाट ५८६ जना नेपाली स्वदेश फर्किएका छन् ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले दुबईबाट १ सय ५१ जना र फेरी नेपाल एयरलाइन्सले नै दुबईबाट १४३ जना नेपालीलाई काठमाडौं अवतरण गराएको छ ।

हिमालय एयरलाइन्सले आबुधावीबाट दुई जहाजबाट १४६/१४६ जना नेपालीलाई काठमाडौं ल्याएको छ ।

यस्तै, बिहीबार आन्तरिकतर्फ १० उडान-अवतरण भएका छन् ।

शुक्रबार भने विभिन्न कम्पनीका १५ उडान/अवतरण हुने तयारी भएको विमानस्थल कार्यालयले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »