सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिहेको मण्डपमा बेहुलाको प्रतिक्षा गरिरहिन् बेहुली तर आएनन् बेहुला

बिहेको रमझम केही दिन देखि चलिरहेको थियो । एकदिन अघि देखि नै बाजा बजाउन सुरू भएको थियो । विवाहको मण्डप सजिसकेको थियो । बेहुली पक्षका सम्पूर्ण नातेदारहरू जम्मा भईसकेको थियो । सबैजना जन्तीको प्रतिक्षामा थिए । तर मोटरसाइकल दाइजो दिन नसकेको भन्दै बेहुला पक्ष आउँदै आएनन् ।

धनुषाको नगराई नगरपालिकाको जटहीका बेचनी सदाकी १९ वर्षिय छोरी पूजा सदाको धनुषाकै भुतही निवासी रोहित सदाको छोरा २१ वर्षीय सुशील सदासंग फागुन २५ गते हुने तय भएको थियो । पहिले देखि नै दाइजोको कुरा उठिरहेको थियो । अरू दाइजोका सामग्री तयारी गरे पनि मोटरसाइकल बिहे पछि मात्र दिन सक्ने भनिएपछि बेहुला पक्ष आउँदै आएनन् ।

बेहुलीको बुबा बेचनी सलाहले साहुसँग चर्को ब्याजमा ३लाख ऋण लिएर विवाहको तयारी गरेका थिए । जन्ती नै नआएपछि उनी मारमा परेका छन् । परिवार लगायत सम्पूर्ण इस्टमित्र चिन्तित छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारीले यस विषयमा छलफल गरि बेहुला पक्षलाई कानुनी कठघरामा ल्याउने भनेका छन् । तर यसको लागि बेहुली पक्षले भने उजुरी दिन पर्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »