सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बीपी स्वास्थ्य प्रतिष्ठान धरानबाट १२ जना कोरोना संक्रमित डिस्चार्ज

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट शनिबार थप १२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । शनिबार राति झापाका १८ देखि ५८ वर्ष उमेर समूहका १२ जना डिस्चार्ज भएका हुन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत १२ जनाको दुई पटक गरिएको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए । अस्पतालमा अब ८३ जना उपचारत छन् ।

शनिबार नै प्रदेश १ मा सातजना कोरोना संक्रमित थपिएका थिए । संक्रमितको विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालय अस्पताल गोठगाउँमा उपचार भइरहेको छ ।

शनिबार सात जना थपिएपछि प्रदेश १ मा संक्रमितको संख्या २४७ जना पुगेको छ । तीमध्ये ९० जना उपचारपछि घर फर्किएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »