सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बुुद्धले जोडे तर पर्यटनले जोड्न नसकेको तिलौराकोट

कपिलवस्तु । लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो । सबै सबैप्राणीका जीवनमा शान्ति ल्याउने उद्देश्यले मानवचोला लिएर महानसन्त शाक्यमुनि बुुद्ध पवित्र लुम्बिनी उपवनमा जन्म लिएका थिए । उनी अहिंसाका पुजारी र शान्तिका अग्रदूत थिए । त्यही भएर लुम्बिनीलाई विश्व शान्तिको मुहान पनि भनिन्छ । शाक्यमुनि बुद्धले यस धर्तीमा जन्म लिएर समस्त मानव जातिकालागि एउटा महान ज्योति, आशा र सर्वोच्च आनन्द प्रदान गरेको शान्तिका अनुयाई विश्वास गर्छन् । त्यो ज्योतिको उद्गम भूमि नेपाल हो र यो आनन्दको स्रोत लुम्बिनीमा रहेको मानिन्छ ।

त्यही भएर शान्तिकामी नागरिकको पहिलो रोजाइमा पर्ने ठाउ हो लुम्बिनी । स्वदेश र विदेशबाट शान्तिको सन्देश र प्रेरणा लिन आउनेको ओईरो लाग्ने स्थल हो । बुद्ध धर्मावलम्वी र अनुयायी तिर्थाटन गर्न आउछन् भने शुभेच्छुक र शुभचिन्तक शान्ति र सद्भावको ऊर्जा लिन यहा आउने गर्दछन् ।

त्यसैले लुम्बिनीलाई जान्ने बुझने धेरै छन् । यहाको मुख्य आकर्षण मायादेवी मन्दिर र सम्राट अशोकले बनाएको अशोक स्तम्भ हुन् । त्यस्तै मन्दिर परिसर भित्र बुद्धजन्म स्मारक शिला, मायादेवी मुर्ति, पुष्करणी पोखरी र स्तुपहरु रहेका छन् ।
लुम्बिनीलाई सबैको आस्था र धरोहरको केन्द्र बनाउन जापानी वास्तुकलाविद् केन्जो टांगेले गुरुयोजना बनाएका थिए । उक्त गुरुयोजना नेपाल सरकार र संयुक्त राष्ट्र संघले सन् १९७८ मा पारित गरेका थिए ।

सन् १९९५ पछि लुम्बिनी विकास कोष गुरुयोजना अनुरुप काम गर्न थाल्यो । गुरुयोजना क्षेत्रले ३ वर्गमाईल क्षेत्रफल ओगटेकोछ । यस क्षेत्रलाई प्रत्येक एक वर्गमाइलका ३ क्षेत्रमा विभाजन गरि पैदल बाटो र केन्द्रिय नहरले जोडेकोछ । तिनामा ९क० पवित्र उद्यान ९ख० विहार क्षेत्र र ९ग० नया“ लुम्बिनी ग्राम रहेका छन् ।


टांगेले डिजाईन गरेको मुख्य आकर्षण दक्षिण भागमा अवस्थित पवित्र उद्यान हो । जहा मन्दिर रहेकोछ । बगैंचा र सुन्दर पोखरीले यस क्षेत्रलाई मनमोहक र चित्ताकर्षक बनाएको छ । विहार क्षेत्रलाई केन्द्रिय नहरले दुई क्षेत्रमा विभाजित गरेकोछ । पुर्वी विहार क्षेत्रमा थेरबादी र पश्चिम विहार क्षेत्रमा महायानी संप्रदायकालागि छुटयाईएकोछ । गुरुयोजनाको उत्तरी भागमा नया“ लुम्बिनी ग्रामका रुपमा विकास भईरहेकोछ ।


लुम्बिनी विविधायुक्त बौद्ध संस्कृतिको सानो संसार हो । अर्थात् मिनी बौद्ध बल्र्ड हो । सानो विश्वका मन्दिर विहार र गुम्बाका बनावट, कलाशैली उत्तिकै आकर्षक छन् । त्यहा छापिएका परम्परा, शैलीले सबै उमंगित र रोमाञ्चित हुन्छन् । लुम्बिनीका मन्दिर घुम्दा त विविधताले भरिएको गजबको कला र स“स्कृति देख्न पाईन्छ । अझ भन्नु पर्दा सानो विश्वकै प्रतिनिधित्व गर्छ । लुम्बिनी गएर मन्दिर विहार अवलोकन गरे विश्वका विभिन्न मुलुक घुमेको भान हुन्छ । विभिन्न मुलुकका स“स्कृति र परम्परा एकै ठाउ अवलोकन गर्न पाईन्छ ।

लुम्बिनीको आकर्षण बढ्दो छ । तर लुम्बिनीको कुरा गर्दा छोडनै नसकिने ठाउ हो तिलौराकोट ९प्राचीन कपिलवस्तु० । लुम्बिनीदेखि २५ किमी पश्चिम उत्तर तिलौराकोट रहेकोछ । यो ठाउसंग लुम्बिनीको अन्योन्याश्रित संबन्ध छ । यहा उनले २९ वर्षको युवावस्था विताएका थिए । तिलौराकोट उनका बाबु महाराज शुद्धोदनको राजप्रासाद हो । यही भूमिमा राजकुमार हुर्के । बढे । बोधीज्ञानको प्रथम ध्यानलाभ यही प्राप्त गरे । राजकुमार सिद्धार्थलाई बुद्धत्व प्राप्तिकालागि गतिलो ऊर्जा प्रदान ग¥र्यों । यो पवित्र र पुण्यभूमि भने अहिले ओझेलमा छ ।

लुम्बिनी घुम्न आउनेहरु तिलौराकोटसम्म पुग्दैन् । बुद्धकाबारेमा जान्न बुझन आउनेहरुले जन्मस्थल मात्र हेरेर मात्र हुदैन् । त्यसकालागि उनी हुर्के बढेको र खेलेकुदेका ठाउ पनि पुग्नु पर्छ ।

लुम्बिनीमा वर्षेनी पर्यटक बढीरहेका छन् । तर यहा पर्यटक बढन् सकेका छैनन् । लुम्बिनीमा २०२२ मा ९६ मुलुकका २३ हजार ९९२ विदेशी पर्यटक यहा आए । २०२२ मा २ लाख ३० हजार ४१३ जना आएका छन् । गत वर्ष ६ लाख ४६ हजार ७८ नेपालीले भ्रमण गरे । तर, लुम्बिनीमा आउने पर्यटकको १० प्रतिशतपनि तिलौराकोटमा आउदैनन् ।

तिलौराकोटको महत्व


शाक्यवंशीय राजधानी तिलौराकोट हो । यहा राजा शुद्धोदनको राजप्रासाद छ । हरियाली र सुन्दर बगैंचा छ । यहा विभिन्न समयमा गरिएका उत्खननबाट चार भग्नावशेष स्पष्ट रुपमा देखिन्छ । पश्चिमी, पूवी द्वार र राजप्रासादका भग्नावषेश छन् । त्यस्तै ३ वर्ष अघिदेखि सय मिटर वाई सय मिटरको प्रशासनियक भवनका भग्नावषेश पनि अस्तित्वमा आएकोछ । संगै संघराम ९भिक्षु बस्ने विहार० पनि देख्न पाईन्छ । केही पुरातात्विक संरचना पुरिएका छन् । अध्ययन अनुसन्धान गर्ने बेला खोलिन्छ । अरु बेला पुरिन्छ ।

यहा प्रचाीन समयमाई मन्दिर छ । मन्दिरमा हिन्दुधर्मावलम्बीले पूजाआजा गर्छन् । यहा भाकल गरेर हात्ती चढाईन्छ ।
तिलौराकोटमा ऐतिहासिक रुपाकृतिको सहर भेटिदै गएकोछ । एक दशकबढीदेखि विदेशी स्वदेशी विज्ञद्वारा भईरहेको अध्यनन अन्वेषणले पुरातात्विक स्थल तिलौराकोटको ऐतिहासिकता पुष्टी भएको छ । पा“चौं शताब्दीमा आएका चिनिया यात्री द्वय फायहान र सा“तौ शताब्दीमा आएका ह्वेगंसाङले आफनो यात्रा विवरणमा उल्लेख गरेका तथ्य भेटिदै गएकोछ । बेलायतको डु¥हाम युनिर्भसीटी, पुरातत्व विभाग र लुम्बिनी विकास कोषका पुरातत्वविद् र विषेशज्ञ संलग्न टोलीले गरेको उत्खनन्, अध्ययन र अन्वेषणले तथ्यहरु फेला परेका हुन् ।

उत्खनन्बाट व्यवस्थित सहर र घर पाईएका छन् । त्यस्तै तिलौराकोट भित्र बुद्धकाल आसपासका बाटो, नाली, सुरक्षा किल्ला पर्खाल र मानव बस्ती फेला परेका छन् । ठाउ“ठाउ“मा ठुलठूला भवनका संरचना, ईनार र पोखरी पनि पाईएका छन् । दुबै चिनिया यात्रीले आफनो यात्रा विवरणमा उल्लेख गरेको धेरै कुरा पाईएको तिलौराकोट अध्ययन उत्खनन् परियोजना सहनिर्देशक वरिष्ठ पुरातत्वविद् कोषप्रसाद आचार्यले बताए । ऐतिहासिक रुपाकृतिमा सहर भेटिदै तिलौराकोटको ऐतिहासिकता राम्ररी पुष्टी हुनु हो उनले भने । भगवान बुद्धको जन्म साढे २५ सय वर्ष अघि भएको ईतिहासमा उल्लेख छ । तर त्यस अघि नै भगवान गौतम बुद्धको बाल्यकाल र युवा अवस्था वितेको तिलौराकोटमा गाउको स्वरुपमा मानवीय चहलपहल बढेर बस्ती बसेको पुष्टी भएको पुरातत्वविद् बताउछन् । यहा ईसा पुर्व आठौं शताब्दी ९२८ सय वर्ष० अघि नै मानव बसोबास भएको पाईएकोछ । त्यस्को २ सय वर्षपछि ईशापुर्व छैठौं शताब्दीमा सहरीकरण भएको प्रमाण भेटिएकोछ । त्यती बेला घर बनाउन ईटको प्रचलनै थिएन् । खरको छानो, माटोको घरका भित्ता, र काठबा“सको खाबो गाडेर घर बनाउन प्रचलन थियो । जुन यहा ठाउ ठाउमा त्यत्तीखेरको माटो र काठबा“सको प्वाल ९पोस्ट होल० फेला परिसकेको छ । २०१५ मा बैज्ञानिक कालक्रम निर्धारण गर्न संकलन गरिएको नमुनाले ईसापुर्व आठौं शताब्दीदेखि नै यहा मानव रहनसहन र बसोबास भएको प्रमाणीत भएकोछ । सबै पुरातात्विक स्थल हेर्न सकिने गरि काठको वाक वे बनाईएकोछ । जुन आफैमा आकर्षक देखिन्छ ।


बाहिरबाट जंगल जस्तो देखिने उत्तर–दक्षिण १७०० फीट लामो र पूर्व–पश्चिम १३०० फीट चौडा क्षेत्रफलमा तिलौराकोट रहेकोछ । सदरमुकाम तौलिहवादेखि ३ किमी उत्तर पर्छ ।

कसरी जोड्ने तिलौराकोटलाई लुम्बिनीसंग ?


सघन योजना बनाई कार्यान्वयन गर्नुपर्छ । लुम्बिनी आउने पर्यटकलाई तिलौराकोट जान उत्साहित गर्नुपर्छ । लुम्बिनी घुमाउदाखेरी पथप्रर्दशकले उनीहरुलाई तिलौराकोटका आकर्षणकाबारेमा जानकारी दिनु पर्छ । यस्ले गर्दा उनीहरु स्वयं घुम्न उत्पे्ररित हुन् । साथै लुम्बिनीमा आकर्षक बोर्डहरु झुण्डयाउनु पर्छ । सुचना केन्द्र, क्युरियो पसलमा तिलौराकोटबारेका जानकारी र आकर्षणका परिचय पुस्तिका राखेर वितरण गर्नुपर्छ । मायादेवी मन्दिर प्रवेश गर्ने गेटबाट तिलौराकोटको ब्रोस्योर वितरण गर्नुपर्छ । त्यस्तै मायादेवी मन्दिर प्रवेशकालागि बेच्ने टिकटको पछाडी कपिलवस्तुका बुद्धस्थल पनि भ्रमण गर्न अनुरोध गर्नु पर्छ । यही टिकटले त्यहा जान सकिने कुरा प्रचारमा ल्याउनु पर्छ । लुम्बिनी बसपार्कबाट आधीआधी घण्टामा पर्यटक बस छुट्ने व्यवस्था गर्नु पर्छ ।


बाटोघाटो र हवाईको कनेक्टिभिटी बनाउनु पर्छ । तिलौराकोट निरै भत्किएको बाटो राम्रो बनाउनु पर्छ । तिलौराकोटमा बस पार्क बनाउनु पर्छ । हरेक पुर्णिमामा बुद्धको जीवनसंग संबन्धित केही न केही गतिबिधी भएकोछ । त्यसलाई स्मरण गर्दै उत्सवका रुपमा मनाउने योाजना र कार्यक्रम बनाउनु पर्छ । बुद्ध जन्मेपछि कपिलवस्तु ल्याउदाको घटनालाई प्रसूति उत्सव भनेर हरेक वर्ष मनाउनु पर्छ । त्यस्तै बुद्धले दरबार त्यागेर निस्केको घटनालाई महाभिनिष्क्रमण दिवश भनेर मनाउनु पर्छ । असार पूर्णिमामा राजकीय धान मंगलोत्सव बनाउनु पर्छ । भगवान बुद्ध ज्ञानप्राप्त गरेर राजधानी कपिलवस्तु फर्केको दिन फागुन पूर्णिमा निग्रोधाराम उत्सव मनाउनु पर्छ ।


बुद्ध जन्मस्थल हेरेर मात्र बुद्धकाबारे पर्याप्त जानकारी हुदैन् । त्यसकारण लुम्बिनीसंगै कपिलवस्तुको तिलौराकोट, निग्रोधाराम, निग्लिहवा, गोटिहवा र सगरहवा पनि हेर्नु पर्छ भन्ने जानकारी पर्यटकलाई दिने वातावरण बनाउनु पर्छ । निग्रोधाराम पनि बुद्धसंग संबन्धित स्थल हो । यहा राजकुमार सिद्धार्थले ज्ञान प्राप्त गरेपछि पहिलो पटक राजधानी कपिलवस्तु आउदा आमाबाबुलाई भेटघाट गरेका थिए । निग्लिहवा र गोटिहवा कपिलमुनी र क्रकुछन्द बुद्धको जन्मस्थान हो । सगरहवामा शाक्यहरुको वधस्थल हो । कपिलवस्तु बुद्धस्थलको संग्रहालय नै मानिन्छ । यहा सय बढी ऐतिहासिक र पुरातात्विक स्थल छन् ।

पर्यटक भुलाउन सुत्केरी मार्गले नयाँ विविधता थप्छ । अहिलेसम्म ओझेलमा रहेको सुत्केरी मार्ग पहिचान गरिएकोछ । मायादेवी सुत्केरी भई शिशु वालकलाई लिएर राजमहल फर्केको बाटो हेर्न र माटो छुन धेरै उपासिकाहरु लालायीत हुन्छन् । त्यसलाई राम्रो पर्यटन प्रोडक्ट बनाउन सकिन्छ । उक्त बाटोमा हिडनु योजना बनाउनु पर्छ । उक्त बाटोमा हिडनै धेरै पर्यटक ओईरिन्छन् । वालक, युवा, अर्धबैंसे र पाकाको उमेर अनुसार दुरी तय गर्नु पर्छ । सानो बच्चालाई ७ पाईला । अली ठुलो बच्चालाई ७७ मिटर ७ सेमी । वयस्कलाई ७ किमी ७७ मिटर । बृद्धालाई ७ सय ७७ मिटर हिडाइन्छ । सबैलाई हिडाउनु अघि ७ पाईला हिडेर सुरु गराउनु पर्छ । भगवान गौतम बुद्धको जीवनमा चार वटा ७ को महत्वपुर्ण अर्थछ । सुत्केरी मार्ग ३६ किमीको छ । लुम्बिनीको शालको बृक्षमुनि जन्मेपछि पवित्र उद्यान हुदै पडरिया पछि कपिलवस्तुको कर्मा, दोहनी, अरौराकोट, निग्लिहवाको बाटो हुदै राजदरवार तिलौराकोट भित्रयाईएको थियो ।

त्यस्तै पिस वाक पनि गराउनु पर्छ । म्याराथुन, साईकल र मोटरसाईकल दौडहरुपनि गराउनु पर्छ । विभिन्न ईभेण्टहरु वर्षै भरि गरिरहनु पर्छ । लुम्बिनीमा संचालन हुने कार्यक्रम तिलौराकोटमा समापन गर्ने योजना गर्नु पर्छ । तिलौराकोटमा गरिने कार्यक्रमकालागि विभिन्न सहुलियत र सहयोग गर्नु पर्छ ।


कोषले अधिकार संपन्न कार्यालय तिलौराकोटमा स्थापना गर्नु पर्छ । सर सरसफाईलाई निरन्तरता दिनु पर्छ । तिलौराकोटमा चारैतिर बौद्ध झण्डा र लुङदा टागेर शान्तिको वातावरण बनाउनु पर्छ । डिजिटल डिस प्लेका बुद्धको जीवनी देखाउनु पर्छ ।

मनोज पौडेलको यो लेखलाई बुटवल टुडेबाट साभार गरिएको हो ।

भर्खरै

सम्बन्धित खबर

Language »