सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बुधबार १२ सयले घट्यो सुन, तोलाको ९७ हजार २ सयमा कारोबार

काठमाडौं । यो साता लगातार बढेकाे सुनको मूल्य आज भने एकै दिन १२ सयले घटेको छ ।

आज सुन १२ सयले घटेर ९७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुन ९६ हजार ९ सयमा कारोबार भएको थियो । आइतबार प्रतितोला तीन सयले बढेर ९७ हजार २ सयमा कारोबार भएको थियो।

सोमबार पनि सुन ३ सयले बढेको थियो । मंगलबार ८ सयले बढेको सुन आज १२ सयले घटेको हो ।

महासंघका अनुसार आज चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ प्रतितोला पुगेको छ । यो मंगलबारको भन्दा ३० रुपैयाँले कम हो ।

भर्खरै

सम्बन्धित खबर

Language »