सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बुधबार २५ जना संक्रमित थपिए ,नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुग्यो

काठमाडौँ। कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ मा पुष्टि भएको जनाएको हो । उनीहरुको उमेर ३ देखि ४८ वर्ष उमेरको रहेको छ । जसमा १८ जना पुरुष र ७ जना महिला छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप २५ संक्रमित थपिएको पुष्टि पारे ।

मन्त्रालयले बुधबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा धनकुटाका ५ जना (२८, २९, ३५र ३७ ) र एक जना २४ वर्षीय महिला रहेको बताएका छन् ।

त्यसैगरी बाँकेमा ६ जना पुरुष ( नरैनापुरका १७, २०, २८ र ३० वर्ष)का र खजुरा ५ का २७ वर्षीय पुरुष रहेका छन् । त्यसका साथै कपिलवस्तुमा १३ जनामा र नवलपरासीमा थप १ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडिटी विधिबाट ७५ हजार ७२ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ३५ हजार ४ सय ९४ परीक्षणहरु छ ।

बुधबार विहान कपिलवस्तुमा १३ जना र मंगलबार बेलुका धनकुटामा ५ जना कोरोना संक्रमित भेटिएका थिए । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »