सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बुर्जुवा शिक्षाकाे नाममा क्रान्ति गर्ने, कुर्सीमा पुगेपछि बिर्सने, कसरी सुधार हुन्छ ?: केशर बहादुर विष्ट

काठमाडौँ । पूर्व शिक्षामन्त्री केशर बहादुर विष्टले एसईईको परिक्षा रद्व गरेकोमा कुनै नौलो मान्नु नपर्ने सारा खबरको विशेष संवादमा बताउनु भएको छ ।

उहाँको भनाईलाई आधिकारीका मान्ने हो भने नेपालमा २००७ साल यता हालसम्म आइपुग्दा परिक्षा नलिई पास भएको घट्ना धेरै भएका खुलासा गरेका छन् तर यो पालीको एसईईको परिक्षा रद्व भएकोमा पूर्व शिक्षामन्त्री विष्टले सरकारको नैतिकता माथि प्रश्न उठाएको छ ।

पूर्व शिक्षामन्त्रीको तर्क भने फरक रहेको छ ।


उहाँ भन्नु हुन्छ “बोल्ने एउटा, गर्ने एउटा, भन्ने एउटा, हुने एउटा , अर्थत आन्दोलन र क्रान्तिको नाममा शिक्षा प्रणाली नै गलत भन्नु नै अहिलेका नेताहरुको गलत बुझाई छ । सर्टिफिकेट च्यात्ने, जाँच दिनु पर्दैन, परिक्षा दिएपछि स्वत पास हुनुपर्छ भन्ने र अहिले चलिरहेको शिक्षालाई बाहिरी मुखले भन्दा बुर्जुवा शिक्षा हो भनेर बुर्जुवा शिक्षाको बयान गर्दे आफु र आफनो सन्तानको छोराछोरीलाई पाएँसम्म विदेश पढ्न पठाउने, पाएँसम्म यहाँ चाहि महंगो स्कुलमा पढाउने र आफनाका लागि चहि पैसा नतिरिकन स्कुलमा पढाउनु पर्ने यस्ता डबल स्ट्यान्र्डका मान्छेहरु भएका हुनाले नेपालमा शिक्षाको विकास हुन नसकेको हो । ”

बाँकी भिडियाे हेर्नु हाेला

भर्खरै

सम्बन्धित खबर

Language »