सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बैंकिङ कसुरमा फरार महिला काभ्रेबाट पक्राउ

काठमाडौं। इलाका प्रहरी कार्यालय बनेपाले बैंकिङ कसुरमा फरार रहेका एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने ५६ वर्षीया जयन्ती केसी हुन् । उनलाई उच्च अदालत पाटनले २०७१ वैशाख २९ गते ११ करोड ८२ लाख ९२ हजार ११६ रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजाय सुनाएको थियो । केसी भने फरार थिइन् ।

इलाका प्रहरी कार्यालय बनेपाबाट प्रहरी निरीक्षक योगेन्द्रप्रसाद तिमिल्सिना नेतृत्वमा खटिएको प्रहरी टोलीले बनेपा नगरपालिका ६ मा लुकेर बसेको अवस्थामा केसीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका केसीलाई प्रहरीले जिल्ला अदालत काभ्रेमा बुझाएको थियो । अदालतको आदेशले प्रतिवादी केसीलाई थुनामा राख्न जिल्ला कारागार धुलिखेल पठाएको छ ।

उच्च अदालतले बैकिङ कसुर मुद्धामा ११ करोड ८२ लाख ९२ हजार ११६ रुपियाँ र तीन बर्षको कैद तोकेको थियो ।

उनलाई बिहीबार नै जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद भुत्तानीका लागि जिल्ला कारागार धुलिखेल चलान गरिएको प्रहरी निरीक्षक तिमिल्सिनाले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »