सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बैङ्कद्वारा सार्वजनिक सवारीको मासिक किस्ता तिर्न ताकेता

काठमाडौँ / असार १९
तीन महिना लामो लकडाउनका बीच सार्वजनिक यातायात पूर्ण रुपमा बन्द छ । कोभिड–१९ को प्रकोपसँगै सरकारले गत चैत ११ गते देखि आह्वान गरेको लकडाउनका कारण बन्द गरिएको सार्वजनिक यातायात लकडाउन खुकुलो हुँदासमेत अझै खुल्न सकेको छैन ।

सार्वजनिक यातायात क्षेत्रलाई प्रतिवन्ध गर्दै निजी सवारी साधनहरुलाई मात्र चल्न दिने निर्णय गरेसँगै आक्रोसित भएका व्यवसायीहरुले निजी सवारी सरह ट्याक्सीसमेत चल्न पाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् । यहि असहमतिका बाबजुद यतिखेर उपत्यकामा कालो नम्बर प्लेटधारी अर्थात् भाडाका ट्याक्सीहरु सरकार विरुद्ध आन्दोलित भएका छन् ।

मंगलबार देखि राजधानीमा जारी ट्याक्सी व्यवसायीहरुको आन्दोलन आजसम्म पनि जारी छ । ४ महिना देखि बन्द व्यवसायका कारण बैङ्कको किस्ता देखि साहुको भाडा र आफ्नो दैनिकी चलाउन समेत नसक्ने अवस्था पुगेको भन्दै व्यवसायीहरु सडकमा आएका छन् । व्यवसाय बन्द हुँदा आम्दानी गुमेकाले विहान बेलुकाको छाक टार्नसमेत आफुहरुलाई कठिन पर्न थालेपछि बाध्य भएर सडकमा आउनु परेको व्यवसायीहरुको भनाइ छ ।

हाल लकडाउनकै कारण देशैभरीबाट झण्डै २ लाख ५५ हजार सार्वजनिक यातायातहरु बन्द हुन पुगेका छन् । जसमा करिब ३४ हजार मात्र भाडाका ट्याक्सीहरु छन् । यो संख्या उपत्यकामा मात्र करिब २० हजारको हारहारीमा रहेका छन् । तीन महिना लामो लकडाउनको अवधिमा यातायात क्षेत्रले अर्बौँको नोक्सानी बेहोरेको व्यवसायीहरुको भनाइ छ ।

उता बैङ्कले मासिक किस्ताका लागि बारम्बार ताकेता गरिरहेको र किस्ता नबुझाए ट्याक्सी लिलामीमा लिने चेतावनी दिएको छ । यस्तो अवस्थामा कसरी किस्ता तिर्ने व्यवसायीहरु अन्यौलमा परेका छन।

बन्द व्यसायबाट आम्दानीको बाटो नै बन्द भएपछि आफ्नो दैनिकी समेत चलाउन गाह्रो परिरहेको अवस्थामा बैङ्कबाट सवारी किस्ता र ब्याजका लागि बारम्बार ताकेता भइरहेको भन्दै व्यवसायीहरुले सो अबधिको किस्ता तिरिदिन सरकारसँग आग्रह गरेका छन्। करिब चार महिनाको अवधिमा सामान्य व्यवसायीको पनि झण्डै १ अर्ब बराबरको किस्ता उठेको बताउँदै उक्त किस्ताबापतको रकम बैङ्कलाई तिरिदिन सरकारसँग व्यवसायीहरुले आग्रह गरेका हुन्।

भर्खरै

सम्बन्धित खबर

Language »