सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बैतडीका थुनुवा युवकमा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय सिल

बैतडी । जिल्ला प्रहरी कार्यालय बैतडीको थुनुवा कक्षमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शिवनाथ गाउँपालिका-१ का २२ वर्षीय युवकमा कोभिड १९ को रिपोर्ट पोजेटिभ देखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

थुनुवामा संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । उनले भने ‘हामी पनि असुरक्षित भयौं ।’

उनले संक्रमितसँग सम्पर्कमा रहेका सबैको परीक्षण गर्न माग गरिएको बताए । संक्रमित युवकलाई प्रहरीले वैशाख १५ गते कर्तव्य ज्यान मुद्धामा पक्राउ गरेको थियो । उनी चैत ६ गते भारतबाट आएका थिए ।

तीन दिन पहिले जिल्ला स्वास्थ्य कार्यालय बैतडीमार्फत कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा शुक्रबार कोरोना पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए ।

जिल्लाका एक युवकमा कोरोना संक्रमण पुष्टि भएपछि कन्टयाक्ट ट्रेसिङ गरेर स्वाब संकलनको तयारी भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । भारतबाट फर्केका दुई हजार जतिको आरडीटी गरिएको छ भने ६ हजार जतिको कुनै परीक्षण भएको छैन् । भारतबाट फर्केका नागरिकको कोरोना परीक्षण नहुँदा संक्रमणको जोखिम पनि बढ्दै गएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »