सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बोदिचित्त मालाको अवैध कारोबार गर्न खोज्दा पाँच जना प्रहरीको फन्दामा

काठमाडाैँ । बोदिचित्त माला काभ्रेको तेमाल आसपासमा हुने एक मात्र फल हो । अषार, साउन बोदिचित्त माला टिप्ने समय हो । यो समयमा घर घरमा बोदिचित्त माला पाइन्छ तर तपाई पनि बोदिचित्त मालाको व्यापार गरिरहनु भएको छ भने स्थानीय तहलाई कर तिर्न नबिर्सनु होला । अवैध व्यापारमा प्रहरीले पक्रन सकिने छन् । कर तिरेर मात्र मालाको व्यापार गर्ने हो भने तपाईं समस्यामा फस्ने छैन ।

बहुमुल्य बाेदिचित्तको ३५ किलो अवैध माला सहित काभ्रे तेमालका पाँच जना रामेछापबाट पक्राउ परेका छन् । रामेछाप जिल्लाको सुनापति गाउँपालिकाबाट अवैध रुपमा काभ्रेतर्फ ल्याउँदै गरेको ३५ किलो बाेदिचित्तकाे दाना खाँडादेवी गाउँपालिका–१ को खैरेनीघाट नाकाबाट पक्राउ गरिएको हो ।

उक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–९ का दुप्सन थोकर, सोही गाउँपालिकाका ३५ बर्षिय रविन लामा, २८ बर्षिय जगत तामाङ, ६० बर्षिय दमाईसिंह तामाङ र ३१ बर्षिय धिरज तामाङ रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी नवराज ढुंगानाले जानकारी दिए । उनका अनुसार सुनापति गाउँपालिकामा उत्पादित बुद्धचित्तको दाना राजश्व नबुझाई अवधै रुपमा निकासी गर्ने क्रममा लुभुघाटबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्दा पाँचजनाको टेलिबाट बुद्धचित्त बरामत गरेको हो ।

बाेदिचित्तको माला सहित दुई वटा मोटरसाइकलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालयमा बुझाएको छ । सुनापति गाउँपालिका–४ बेथानका वडाअध्यक्ष खड्ग बहादुर घिसिङले आफूहरुले बाेदिचित्तको माला लैजाने व्यापारीहरुलाई अनिवार्य रुपमा राजश्व बुझाएर मात्र लैजान आग्रह गर्दै आएपनि वेवास्था हुँदै आएको बताए । उनका अनुसार प्रतिकेजी तीस रुपैयाँ निकासी कर लगाएको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »