सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बौद्धमा खोटाङ घर भएका एक ट्रेकिङ गाइड मृत अवस्थामा फेला

काठमाडौं / २८ भदौ।
बौद्धको नयाँ पाटीस्थित एक घरमा ट्रेकिङ गाइड मृत अवस्थामा फेला परेका छन् ।

खोटाङ घर भई महांकाल छेउ आरुबारीमा डेरा गरी बस्दै आएका ४० वर्षीय पासाङ शेर्पा गएराति साढे १२ बजे मृत भेटिएका हुन् ।

महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीका अनुसार घटनामा सोधपुछका लागि एकजना महिलालाई नियन्त्रणमा लिइएको छ । घटनाबारे जानकारी पाएलगत्तै बौद्धको प्रहरी टोली महिलाको घरमा पुगेको थियो ।

प्रहरीका अनुसार दुवै जना डिभोर्सी हुन् । विगतमा पनि दुवै जनालाई सँगै हिँडेको स्थानीयले देखेका थिए । शेर्पाको शरीरमा बाहिरी चोटपटक देखिएको छैन । मदिरा सेवन गरेपछि शेर्पाले वान्ता गरेकाले आफूले अस्पताल लैजाने प्रयास गरेको महिलाको भनाइ छ ।

तर, घरबाट निकाल्ने वेलामै उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । शेर्पाको शवलाई अहिले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »