सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बौद्धमा “गाउँले ढिडो घर”

काठमाडौँ । बौद्धको नयाँ बस्तीमा “गाउँले ढिडो घर” सञ्चालनमा आएको छ ।

तामाङ चलचित्र क्षेत्रमा हास्यकलाकारको पहिचान कमाउन सफल कुईसाङ रुम्बा, गायक च्वाइस लामा र सन्जिव गोले तामाङको टिममा फरक स्वादको परिकार खान चाहने पारखीहरुलाई लक्षित गरी “गाउँले ढिडो घर” संचालनमा ल्याएको संचालकहरुको दाबी रहेका छन् ।

तामाङ चलचित्र क्षेत्रको महानायक अमिर दोङको प्रमुख आतित्थ्यतामा रिवन काटेर “गाउँले ढिडो घर”को उद्घाटन भएको थियो ।

काठमाडौँ लगाएत विभिन्न स्थानमा अहिले बरगर हाउसको नाममा ब्रान्च खोल्ने होडबाजी चली रहेको अवस्थामा “गाउँले ढिडो घर” ले सबैको ध्यान तानेको छ । हास्य कलाकार कुईसाङ रुम्बाले गाउँको यादमा मात्रै नभएर गाउँको स्वादमा मकै, फापरको ढिडो खान चाहनेहरुको लागि यो उपयुक्त स्थानको रुपमा चिनाउने लक्ष्य लिएको बताएको छ ।

व्यवसायीकरुपमा धेरै रेष्टुरेण्डहरु खोल्ने र बन्द गर्ने भइरहेका छन् । काठमाडौँ, भक्तपुर, ललितपुरमा विशेष गरेर तामाङ युवाहरुले यस प्रकारका व्यवसायमा हात हालेको देखिन्छन् । “गाउँले ढिडो घर”मा पनि तीनै जना संचालकमा तामाङ नै रहेका छन् ।

बौद्ध पिपलबोटबाट करिब पचास मिटर भित्र रहेको यो “गाउँले ढिडो घर”मा विभिन्न परिकारका साथै कालिजको मासु पनि पाइन्छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »