सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ब्राजिलमा चार जना अन्तराष्ट्रिय फुटबल खेलाडीमा कोरोना संक्रमण

रियो दी जेनेरियो : विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट ब्राजिलमा चार जना अन्तर्राष्ट्रिय फुटबल खेलाडी पनि संक्रमित भएका छन्। संक्रमित खेलाडीहरुको नामावली सार्वजनिक नगरिए पनि उनीहरुलाई अहिले स्वास्थ्यकर्मीहरुको निगरानीमा अलग राखेको छ। 

ब्राजिलको पोट्रो एलेग्रा फुटबल क्लबले मंगलबार वक्तव्य जारी गर्दै आफ्ना चार खेलाडी संक्रमित भएको र उनीहरुको अहिले उपचार भइरहेको पुष्टि गरेको छ। उनीहरुको फेरि परीक्षण गरिनेछ, वक्तव्यमा उल्लेख छ।

ब्राजिलमा आगामी अगस्ट ८ तारिखदेखि सिरी ए लिग शुरु हुने कार्यतालिका सार्वजनिक गरिएको थियो। पूर्वनिर्धारित तालिका भन्दा तीन महिना पछाडि सारेर सो च्याम्पियनसीप शुरु गर्ने तयारी गरिएको हो। 

ब्राजिलमा १४ लाखको हाराहारीमा कोरोनाभाइरस संक्रमित पुगिसकेका छन् भने झण्डै ६० हजारको मृत्यु भइसकेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »