सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ब्रिटिस स्कुलले मनायो बार्सिकोत्सब


नेपालगन्ज ,शान्तिनगर स्थित ब्रिटिस इग्लिस बोर्डिङ स्कुल नेपालगन्जले आज शुक्रबार १४औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ ।
सो अवसरमा विद्यालयको विभिन्न प्रतियोगिताका विजेता छात्रछात्रालाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा विद्यार्थी मनोरन्जनात्मक र जनचेतनामूलक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
विद्यालय सन्चालक समिति अध्यक्ष निरज शाहको सभापतित्व सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका नगर शिक्षा अधिकारी गोर्ख बहादुर थापा प्रमुख अतिथी र विशेष अतिथी नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष ठाकुर सिंह थारु, गोर्खा फाईनान्स नेपालगन्जका मेनजर गिरिधर शाही ,धम्वोझी माबीका साहेक प्रधानाध्यापक पुर्ण बहादुर शाही बृटिस स्कुलका सस्थापक बिमल प्रधान र बिजय श्रेष्ठ लगायतको उपस्थिति थियो।

नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष ठाकुर सिंह थारुले बिधालयले निकै राम्रो गरेको र विद्यार्थीहरुलाई पढाइ मात्र नभएर विविध ब्यबहारिक ज्ञानमा जोड दिनु पर्ने र समय अनुकुल हुनु पर्ने बताए र बृटिस स्कुलले सानो समयमा यस क्षेत्रमा निकै राम्रो गरेको छ बिधलयमा पढाइ मात्र नभैइ विद्यार्थीहरुको अन्तर निर्हित प्रतिभा लाई प्रस्फुटन गर्न सफल बिधालय हो यो बिधालयका बारेमा भ्रमक नकारात्मक समाचार एपिसोड बनाएरै केही अनलाईन र एक आद पत्रीकाले निकै नकारात्मक तरिकाले धाराबाहिक रुपमा समाचार सम्प्रेषण गरे पनि गलत अनि अफाफ हल्ला लाई अभिभावकले बुझ्नु नै हुन्छ भनेका थिए ।

नगर शिक्षा अधिकारी गोर्ख थापाले बिधालयले निकै राम्रो गरेको र विद्यार्थी हरुलाई शिक्षा सङै सृजन्सिल्ता मौलिकता कला कौसलतालाई निकै राम्रो गरेको साथै बृटिस स्कुलले यो ठाउमा विशेष बन्न सफल होस , बिधालयले गुणस्तरीय शिक्षा दिई रहेको छ र अझै राम्रो गर्दै जाने छ भन्दै बार्सिकोत्सब शुभकामना दिनु भएको थियो ।

बिबिध सास्कृतिक कार्यक्रमका साथै बिधालयमा प्रथम दितिय तृतीयहरुलाई पुरुस्कार बितरण गरिएको थियो र कार्यक्रमको समापन बिधालयका सस्थापक अध्यक्ष निरज शाहाले गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »