सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भक्तपुरमा गाडी पर्खिरहेकी बालिकालाई गन्तव्यमा पुर्‍याइदिन्छु भन्दै लगेर बलात्कार गर्ने दुई जना पक्राउ

भक्तपुरमा गाडी पर्खिरहेकी बालिकालाई गन्तव्यमा पुर्‍याइदिन्छु भन्दै लगेर गाडी भित्रै बलात्कार गरेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार भक्तपुरबाट ट्रकमा लगेर काभ्रेमा चालक र सहचालकले बलात्कार गरेका हुन्।

उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ। भदौ २६ गते भक्तपुरको श्रृजनानगर स्थित सडकमा पूर्वतर्फ जानको लागि बालिका गाडी कुरिरहेकी थिइन्।

उनीहरुले ट्रकमा गन्तव्यसम्म पुर्‍याइदिने भनि उनलाई चढाएका थिए। काभ्रेपलान्चोकको बनेपा १२ स्थित साझा पेट्रोल पम्प अगाडि रोकेर गाडी भित्रै चालक र सहचालकले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।

बलात्कारपछि बालिकालाई सोही स्थानमा छाडेर उनीहरु पूर्वतर्फ गएका थिए।
अनुसन्धानका क्रममा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक खुलेको र उक्त ट्रक मोरङबाट बीपी राजमार्गको बाटो हुँदै काठमाडौं तर्फ आउँदै छ भन्ने सूचनाको आधारमा मंगलबार प्रहरीले धुलीखेल चोकबाट नियन्त्रणमा लिएको हो।

ट्रक चालक झापा हल्दीबारी गाउँपालिका ५ का ३२ वर्षीय हर्कबहादुर बिश्वकर्मा र सह–चालक जिल्ला मोरङ उर्लाबारी नगरपालिका १ का १८ वर्षीय निदिप धिमाललाई पक्राउ गरेको हो।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूको संलग्नता पुष्टि भएको प्रहरीले दाबी गरेको छ। पीडितबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »