सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भक्तपुरमा सार्वजनिक सवारी भित्र किशोरीको सामूहिक बलात्कार : दुई पक्राउ

काठमाडौं । भक्तपुरमा एक सार्वजनिक बसभित्र सामूहिक बलात्कार भएको छ।

शुक्रबार र शनिबार बा ३ ख २६१२ नम्बरको मिनीबसमा युवतीमाथि सामूहिक बलात्कार भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता सुवास बुढाथोकीले जानकारी दिए।

बसकै कर्मचारीले बलात्कार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपालचोकको चौताराका २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिकाका २१ वर्षीय सुरेश श्रेष्ठ छन्।

डीएसपी थेबेका अनुसार फरार युवकले किशोरीलाई रत्नपार्कमा भेटेर लठ्ठिने औषधी खुवाएर सुरुमा शुक्रबार जबरजस्ती गरेको खुलेको छ। उनले जबरजस्ती गरेपछि उनका साथीको जिम्मा लगाएको प्रहरीले बताएको छ।

शनिबार बसभित्र घटना भएको देखेपछि अन्य चालक र सहचालकले प्रहरीलाई खबर गरेका थिए। घटनाबारे शनिबार राति १०:३० बजे प्रहरीले थाहा पाएको थियो। थाहा पाए लगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। उनीहरुलाई अहिले महानगरीय प्रहरी वृत्त जगातीमा राखिएको छ।

किशोरीको स्वास्थ्य परीक्षण भइसकेको प्रहरीले बताएको छ। किशोरीको परिवारसँग भने सम्पर्क हुन नसकेको प्रहरीको भनाइ छ।

भर्खरै

सम्बन्धित खबर

Language »