सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भक्तपुर अस्पतालमा मृत्यु भएकी सुत्केरीको पीसीआर रिपोर्ट नेगेटिभ,शिशुको स्वास्थ्य सामान्य

भक्तपुर । भक्तपुर अस्पतालमा आइतवार राति मृत्यु भएकी सुत्केरीको महिलाको पीसीआर परीक्षण गरेको रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार राति छोरालाई जन्म दिएपछि सिन्धुपाल्चोकको लिसंखु गाउँपालिका–३ घर भई चाँगुनारायण नगरपालिका बस्दै आएकी ३६ वर्षीया महिलाको मृत्यु भएको थियो ।

आरडीटी टेस्टको रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । भक्तपुर अस्पतालका अनुसार उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो ।

अस्पताल आउँदा नै महिलामा खोकी, श्वासप्रश्वासमा समस्या देखिएको र स्वास्थ्य परीक्षण गर्दा उनको छातीमा समेत खराबी देखिएको अस्पतालले जनाएको छ । डेलिभरी पश्चात अचानक उनमा श्वासप्रश्वासमा समस्या देखिन गई शरीरमा अक्सिजनको मात्रा कम भएर उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

रिपोर्ट नेगेटिभ आएपछि आज जिल्ला विपद व्यवस्थापन समितिको रोहवरमा उनको शवको व्यवस्थापन गरिएको छ । मृतक परिवारसँगको छलपल पश्चात मृतक महिलाको शव मंगलवार भक्तपुरका तीनवटै सुरक्षा निकाय र स्वयम सेवक अरुण सैजुको टोलीले शव व्यस्थापन कार्यविधि अनुसार पशुपति आर्यघाटको शवदाह गृहमा अन्त्येष्टि गरेको हो ।

नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार मृतकका आफन्त र उनको उपचारमा संलग्न चिकित्सकहरुलाई भक्तपुरस्थित खरिपाटी क्वारेन्टिनमा राखिएको र पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी टेकु पठाइएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »