सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भदौ दोस्रो हप्तादेखि परीक्षा गराउने तयारीमा त्रिवि (सुचनासहित)

काठमाडौँ। बन्दाबन्दीका कारण स्थगित भएका त्रिभुवन विश्वविद्यालय अन्तर्गतका परीक्षाहरु भदौ दोस्रो हप्तादेखि शुरु हुने भएका छन्।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाले एक सूचना जारी गर्दै सञ्चालन हुन बाँकी परीक्षाहरु भदौ दोस्रो हप्तादेखि हुने जानकारी दिएको छ।

महाशाखाकाे सूचनामा कोरोनाभाइरस महामारीका कारण बन्दाबन्दी लागू भएपछि स्थगित गरिएका स्नातकोत्तर तहका परीक्षाहरुको सन्दर्भमा भदौ दोस्रो हप्तादेखि र स्नातक तहको प्रथम, तेस्राे, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षाहरु भदाै तेस्राे हप्तादेखि सञ्चालन गरिने उल्लेख गरिएको छ।

भदौ १ देखि लामो दूरीको यातायातसमेत सञ्चालन हुने भएकाले परीक्षा सञ्चालन गर्न लागिएको त्रिविले जनाएको छ । नयाँ परीक्षा तालिका भने सार्वजनिक गरिएको छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »