सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भरतपुर अस्पतालमा ‘पिसीआर’ परीक्षणमा दुई जनामा कोरोना पोजेटिभ,थप परीक्षणका लागि टेकुस्थित प्रयाेगशाला पठाइयो

चितवन । भरतपुर अस्पतालको आइसोलेसन कक्षमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

भरतपुरकै प्रयोगशालामा गरिएको ‘पिसीआर’ परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । यहाँकाे ल्याबमा कोरोना भाइरस पोजेटिभ देखिएपछि थप परीक्षण गरी निर्क्याैल गर्नका लागि दुवैजनाको थ्राेट स्वाब काठमाडाैँ टेकुस्थित प्रयाेगशालामा पठाइएको छ ।

भरतपुर अस्पतालका अनुसार ती दुवै जना व्यक्ति राप्ती नगरपालिकाका भएको बुझिएको छ । उनीहरू दुवैजना एक महिनाअगि विदेशबाट आएका थिए ।

बिहीबार साे अस्पतालकाे प्रयाेगशालामा ५ जनाकाे पिसीआर परीक्षण गरेकाेमा ३ जनाकाे रिपाेर्ट भने नेगेटिभ देखिएकाे अस्पतालले जनाएकाे छ ।

उनीहरुबारे थप विवरण खुलाइएकाे छैन । तर दुवैका स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएकाे छ । यति बेला उनीहरुका परिवारका अन्य दुई व्यक्तिलाई पनि भरतपुरकै आइसोलेसन कक्षमा राखिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »