सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भाइरल तस्वीरका दुवै व्यक्ति धादिङका इन्जिनियर भएको खुलासा

काठमाडौं । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा पुरुष र महिलाले यात्रा गरिरहेको एउटा तस्वीर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।

मोटरसाइकलको पछाडि बसेकी महिलाले लगाएको पोशाकलाई लिएर विभिन्न टीकाटिप्पणी गरिएका छन् । यो तस्वीरका विषयमा अहिले धेरैलाई कौतुहल पनि छ ।

यस विषयमा खोजिनीति गर्दा प्रदेश–३–०२–००१ ब–१४१२ नम्बरको उक्त मोटरसाइकल धादिङस्थित गल्छी गाउँपालिकाको भएको पत्ता लागेको छ ।

मोटरसाइकलमा सवार पुरुष र महिला सोही गाउँपालिकामा कार्यरत इञ्जिनियर र सव-इन्जिनियर हुन् ।

केही महिनाअघि मात्रै जागिर सुरु गरेका उनीहरु प्रशासनिक कामले काठमाडौं आएका बखत मोटरसाइकलमा सँगै हिँडेका थिए ।

उनीहरु सिट रोल (सरकारी कर्मचारीलाई दिइने संकेत नम्बर) को कामले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग विदा मागेर गत बिहीबार काठमाडौं आएको खुलेको छ ।

बबरमहलस्थित निजामति किताबखानातर्फ जाने क्रममा कसैले पछाडिबाट तस्वीर खिचेको थियो । तस्वीर कसले खिचेको हो भन्ने खुलेको छैन ।

तस्वीर भाइरल भएपछि महिला कर्मचारी आहत बनेकी छन् । उनले तस्वीर कसले र कहाँ खिचेको हो भन्ने थाहा नभएको बताइन् । ‘म कार्यालयबाट विदा लिएर काठमाडौंमा थिएँ । मेरा सहकर्मी पनि काठमाडौं आउनुभएको थियो । हामी सिटरोल लिनका लागि निजामति किताबखानामा सँगै गएका थियौं,’ उनले भनिन् ।

घरबाट घुम्न जाने हिसाबले निस्केको भएर पोशाकमा ध्यान नपुगेको उनले बताइन् । सामाजिक सञ्जालमा तस्वीर देख्दा अचम्मित र दुखित बनेको उनको भनाइ छ ।

भर्खरै

सम्बन्धित खबर

Language »