सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

”भाग कोरोना” गित सार्वजनिक

काठमाडाैँ । विन्दास मिडिया नेटवर्क को प्रस्तुति एवम् निर्माणमा तयार भएको´ भाग कोरोना` नामक सचेतना मुलक गित सार्वजनिक भएको छ।

गितमा संचारकर्मी चिरञ्जीवी सापकोटाको शब्द र स्वर रहेको छ। नेपाली वेब सिरिजका लोकप्रिय कलाकार जिबेश गुरुङले यस गितको भिडियो लाई निर्देशन गरेका छन्। यस गितको संगित संयोजन बिपिन आचार्यले गरेका छन् भने यसको प्रोजेकट कोडिनेटर समीर नेपालले गरेका छन्। गितमा टेकेन्द्र साहको सम्पादन र छायांकन डम्बर राईको रहेको छ ।

गितमा चिरञ्जीवी सापकोटा र जिबेश गुरुङको मुख्य भुमिका रहेको छ भने रङ्गकर्मी एवम् कलाकार शिशिर भण्डारी,कलाकार दुर्गेश थापा,गायक टंक तिमल्सिना,चक्र बम,हास्य कलाकार उमेश राई ( फुलेन्द्रेकि आमा) को समेत अभिनय रहेको छ।

नयाँ पुस्ताले रुचाउने गरी र्‍याप शैलीमा तयार गरिएको यो गीतमा कोरोनाका भाइरसको संक्रमणबाट जोगिन लकडाउनमा बस्न परिरहेका आम स्रोतालाई मनोरञ्जनका साथै सन्देश दिन खोजिएको छ । गितलाई आहा टिभिको अफसियल युटुब चैनल मार्फत सार्वजनिक गरिएको छ ।

For Video link

भर्खरै

सम्बन्धित खबर

Language »