सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतबाट आएका बागलुङको क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । मंगलबार बाग्लुङका ६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ। तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो ।

गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । संक्रमितबारे प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी दिसकिएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले कोरोना संक्रमणको पुष्टि गर्दै केहीबेरमा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने बताए । संक्रमितलाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ । बागलुङमा पछिल्लो समय करीब ४ सयजना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् ।

बडिगार्ड गाउँपालिकामा भेटिएका कोरोना संक्रमितलाई पनि बागलुङकै आइसोलेसनमा पठाउने तयारी गरिएको उक्त गाउँपालिकाका अध्यक्ष मेहनसिंह पाइजाले जानकारी दिए ।

तमानखोला गाउँपालिकामा संक्रमित ४ जनासँगै ८ जना आएको अध्यक्ष जोकलाले जानकारी दिए । बाँकीको कोरोना संक्रमणको नतिजा नेगेटिभ आएको र उनीहरुसहित १४ जना गाउँपालिजकाको क्वारेन्टाइमा रहेको उनले बताए ।

बडिगार्ड गाउँपालिकाले ६ जनाको उद्धार गरेकोमा २ जनामा कोरोना देखिएको हो । ‘६ जना आएकोमा २ जनामा कोरोना संक्रमण देखियो भने बाँकीको नतिजा नेगेटिभ आयो,’ अध्यक्ष पाइजाले भने, ‘गाउँपालिकाको क्वारेन्टाइनमा २ सय १३ जना छन् । आज पनि ५३ जना आउँदै छन् ।’

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ । तीमध्ये बागलुङकै २ जना कोरोनालाई जितेर घर फर्किसकेका छन् । मंगलबारमात्र स्याङ्जाको वालिङमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »