सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतबाट फर्केका नेपालीको उद्धारमा सहयोगको अग्रह

नेपालगञ्ज, नेपालगञ्ज उप–महानगरपालिकाले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज र जयसपुरमा निर्माणाधिन एकीकृत जाँच चौकीमा क्वारेन्टाईन निर्माण गरि भारतबाट फर्केका नेपालीहरुलाई राखेको छ ।

सीमा नाकामा अलपत्र नेपालीहरुलाई नेपाली भूमीकै ब्यवस्थापन गरिएको हो ।


भारतबाट फर्केर क्वारेन्टाईनमा बसेका नेपालीहरुको खानपान, स्वास्थ्य, सरसफाई र खानेपानी लगायत अत्यावश्यक ब्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकाले गरिरहेको नगर प्रमुख डा. धवलशम्शेर राणाले जानकारी दिनुभयो ।


नगर प्रमुख डा. राणाले विहिवार विज्ञप्ती जारी गरि क्वारेन्टाईन निर्माण गरिएको स्थानमा आम नागरिकहरुलाई आवागमन गर्न बन्देज गरिएको जानकारी दिनुभएको छ ।

नगर प्रमुख राणाले भारतबाट फर्केका नेपाली नागरिकको सहयोगको लागि एकद्धार प्रर्णालीमार्फत सहयोगका लागि आग्रह गर्नुभएको छ ।


सहयोगका लागि ब्यक्ति संघ संघ संसथा र उद्योगीहरुले नगर प्रमाण राणालाई ९८५८०२०२०२, उपप्रमुख उमा थापालाई ९८५८०२२०७६ र बरिष्ठ आलेप अलिकृत खिमानन्द अर्याललाई ९८५८०२२६९० मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »