सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतबाट फर्केर क्वारेन्टिनमा बसेका व्यक्तिको औलो परीक्षण अनिवार्य हुने

कञ्चनपुर । भारतबाट फर्केर क्वारेन्टिनमा बसेका सुदूरपश्चिमका बासिन्दामा औलोको सङ्क्रमण भएको पाइएपछि अनिवार्यरूपमा जाँच गरिने भएको छ ।औलोको सङ्क्रमण समुदायस्तरसम्म फैलिनबाट रोक्न क्वारेन्टिनमा बसिरहेका व्यक्तिको कोरोना जाँचसँगै औलोको समेत जाँच गरिने भएको हो ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले क्वारेन्टिनमा बसेका व्यक्तिलाई ज्वरो आएमा कोरोना भाइरसको जाँचसँगै औलो रोगको जाँच अनिवार्यरूपमा गर्नुपर्ने व्यवस्था मिलाउन स्वास्थ्य कार्यालयलाई आग्रह गरेका छन् ।

“समयमै रोगको पहिचान गरी उपचार गरेर मृत्युबाट जोगाउन औलोको परीक्षण गर्न आग्रह गरेका छौँ”, उनले भने, “भारतबाट नेपाल आउने व्यक्तिमा औलो रोगको सङ्क्रमण देखिएको छ, आयातित औलो रोगीको अनुपात आधाभन्दा बढी भएको हुनाले हाल क्वारेन्टिनमा बसिरहेका व्यक्तिमा अनिवार्यरूपमा औलो जाँच गरिनुपर्ने देखिएको छ ।”

स्वास्थ्य कार्यालय कञ्चनपुरले क्वारेन्टिनमा बसेका व्यक्तिमा कोरोना भाइरसको आरडिटी परीक्षणसँगै छुट्टै कीटको माध्यमबाट औलोको सङ्क्रमण भए नभएकोबारे परीक्षण गर्ने व्यवस्थासमेत गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »