सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा काेराेनाका कारण २ हजार ५ सय ५१ जनाको मृत्यु, संक्रमित संख्या ७८ हजार नाघ्याे

काठमाडाैं । कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह भएकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा बिहीबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ हजार ५ सय ५१ पुगेकाे छ भने संक्रमितकाे संख्या ७८ हजार नाघेकाे छ ।

भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ । पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ७ सय ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने १ सय ३५ जनाको मृत्यु भएको छ ।

मंगलबार पनि ३५ सयभन्दा बढी नयाँ संक्रमित फेला परेका थिए । आइतबार भने भारतमा एकैदिन हालसम्मकै बढी ४ हजार ३५३ नयाँ काेराेना संक्रमित फेला परेका थिए । यसैबीच २६ हजार ४ सय जनाले भने कोरोना जितेर घर फर्किइसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »