सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा काेराेना संक्रमंबाट २६ सय बढीकाे मृत्यु

काठमाडाैं । कोरोना भाइरसको संक्रमणले दक्षिणी छिमेकी राष्ट्र भारतको स्थिति पनि भयावह भएकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार भारतमा शुक्रबार बिहानसम्म काेराेनाबाट संक्रमित हुनेकाे संख्या ८२ हजर पुगेकाे छ । तीमध्ये २ हजार ६ सय ४९ जनाकाे मृत्यु भएकाे छ भने करिब २८ हजार पूर्णरूपमा निकाे भएर घर फर्किइसकेका छन् ।

पछिल्लाे २४ घण्टामा भारतमा झण्डै ४ हजार संक्रमित फेला परेका छन् भने ९८ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । बिहीबार बिहानसम्म त्यहाँ काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ हजार ५ सय ५१ पुगेकाे थियाे भने संक्रमितकाे संख्या ७८ हजार थियाे ।

भारतमा हरेक दिन मृत्यु हुनेको संख्या र संक्रिमत हुनेको संख्या बढ्दै गएको पाइन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »