सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

भारतमा काेराेना संक्रमितको संख्या १ लाख २४ हजार नाघ्यो,३ हजार ७ सय बढीले ज्यान गुमाए

काठमाडाैं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको कुल संख्या १ लाख २४ हजार ७९४ पुगेको छ । त्यहाँ शुक्रबार एकैदिनमा ६ हजार ५६८ नयाँ संक्रमित थपिएका छन् । याे एकैदिन थपिएकाे हालसम्मकै बढी नयाँ संक्रमित संख्या हुन् ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २४ हजार ७९४ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । भारतले गत शुक्रबारबाटै कोरोना संक्रमणको सुरुवाती केन्द्र चीनलाइ उछिनेको थियो ।

भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७२६ पुगेको छ । संक्रमितमध्ये ५१ हजार ८२४ मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ६९ हजार भन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् ।

भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »